मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना प्रविधि

विश्वभर इन्टरनेटको सञ्जाल जोड्न समुद्रमा बिछ्याइएको अप्टिकल फाइबरले कसरी काम गर्छ?

काठमाडौँ– हामीले प्रयोग गर्दै आइरहेको इन्टरनेट यति द्रुत गतिमा कसरी चलिरहेको होला भन्ने तपाईँलाई पनि लाग्छ होला ।

इन्टरनेटको विश्वव्यापी बिस्तार र यसको गतिका लागि अप्टिकल फाइबरको अहम् भूमिका हुन्छ । यसले प्रकाशको सहायतामा संसारको कुनै पनि कम्प्युटरमा रहेको डाटा तपाईँको कम्प्युटरसम्म पुर्‍याउँछ ।

त्यसो त अप्टिकल फाइबर इन्टरनेट बाहेक अरु प्रयोजनमा पनि प्रयोगमा आउँछ । तर, विश्व सञ्जालमा इन्टरनेटलाई जोड्न यसको व्यापक प्रयोग गरिएको छ ।

अप्टिकल फाइबर पातलो तथा पारदर्शी फाइबर मार्फत प्रकाशको स्वरुपमा डाटा, आवाज, र चित्रहरु प्रसारण गर्ने विधि हो । दूरसञ्चारमा फाइबर अप्टिक टेक्नोलोजीले लामो दूरीको टेलिफोन लगायतका लाइनहरूमा तामाको तार (कपर वायर) लाई लगभग प्रतिस्थापन नै गरेको छ ।

पछिल्लो केही वर्षयता अप्टिकल फाइबर डाटा ट्रान्समिसनको भरपर्दो माध्यम बनेको छ । यसले द्रुत गतिमा प्रकाशको सहायता लिएर डिजिटल डाटा प्रसारण गर्दछ । अप्टिकल फाइबरमा प्लाष्टिक, काँच र सिलिका प्रयोग गरेर बनाइएका धेरै तारहरु हुन्छन् । जसको प्रयोगले लामो दूरीमा असीमित डाटा चुहावट र झन्झट बिनै एकैपटक पठाउन सकिन्छ ।

| यो पनि पढ्नुहोस्: यसरी शुरु भयो इन्टरनेट युग

त्यसैले पनि इन्टरनेटका लागि यो विशिष्ठ माध्यम मानिँदै आएको छ । यद्यपि कालान्तरमा यसको वैकल्पिक र अझ तीव्र गतिको कुनै माध्यमको विकास नहोला भन्न सकिँदैन ।

अप्टिकल फाइबरको प्रयोग इन्टरनेट, टेलिभिजन र टेलिफोनजस्ता दूरसञ्चार सेवाहरूमा पनि प्रयोग गर्ने गरिन्छ ।

अप्टिकल फाइबरको निर्माण कोर, क्ल्याडिङ र ज्याकेट अर्थात् कभर गरी तीन तहमा समेटिएको हुन्छ । जसमध्ये भित्री भागमा रहने कोरले डाटा आदानप्रदान गर्ने काम गर्छ । कोरभन्दा बाहिर रहने तह क्ल्याडिङ हो । यो काँचबाट निर्माण गरिएको हुन्छ । जसलाई बफरट्युव अर्थात ज्याकेटले सुरक्षा प्रदान गर्ने गर्छ ।

अप्टिकल फाइबरमा प्रकाशको माध्यमबाट डाटा ट्रान्समिट हुन्छ । उक्त डाटालाई  कोरको बाहिरपट्टि हुने क्ल्याडिङ तहले अन्ततिर परावर्तन हुन लागेको डेटालाई पुनः कोरतिरै फर्काउने काम गर्छ । पारदर्शी काँच भएका कारण डाटा सिग्नलहरुले स्याटालाइट प्रविधिभन्दा चार हजार गुणा तीव्र गतिमा डाटा ट्रान्सफर गर्न सक्छ ।

डाटा प्रवाहको गति कम नहोस् भन्नाका लागि लामो दूरीको अप्टिकल फाइबर ट्रान्समिसनको बीचबीचमा ‘रिपिटर्स’ को समेत प्रयोग गरिन्छ । यस्ता रिपिटर्सहरूले अप्टिकल सिग्नलहरुलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्ने काम गर्छ ।

त्यसपछि फेरि ती विद्यतीय सिग्नलहरुलाई संशोधन गरेर अप्टिकल सिग्नलमा नै परिवर्तन गरेर प्रसारित गरिन्छ ।

यस्ता अप्टिकल फाइबर केबलहरूले करीब एक सय जीबीपीएससम्म सिग्नलहरु प्रसारण गर्न सक्छन् । सामान्यतया, फाइबर अप्टिकल केबलको ब्यान्डविथ क्षमता बढ्दै जाँदा, यो अझ महँगो समेत पर्दै जान्छ ।

यस्तो डाटा प्रसारण गर्न मल्टिमोड फाइबर र सिङ्गल मोड फाइबर गरी दुई प्रकारका अप्टिकल फाइबर प्रयोग हुन्छ । लामो दूरीमा सिग्नलहरु प्रसारण गर्नका लागि सिङ्गल मोड फाइबरको प्रयोग गरिन्छ । किनभने अप्टिकल फाइबर कोरमा भएका कम शक्तियुक्त सिग्नलहरुको क्षीण हुने सम्भावना कम हुन्छ ।

जसले सिग्नलहरुलाई लामो दूरीको यात्राका लागि सक्षम तुल्याउन मद्दत गर्छ ।

सिङ्गल मोड फाइबरमा मल्टिमोड फाइबरको तुलनामा धेरै हदसम्म व्याण्डविथ अर्थात् अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे हुने गर्दछ । यसमा सामान्यतया एक प्रकारको लेजर लाइटको प्रयोग गरिएको हुन्छ । यो मल्टिमोड फाइबरको तुलनामा केही महङ्गो समेत हुने गर्दछ ।

यस्तै मल्टिमोड फाइबर भने कम दुरीमा सिग्नल प्रसारणका लागि प्रयोग गरिन्छ । यस फाइबरमा प्रसारण हुने प्रकाशयुक्त सिग्नलहरु धेरैतिर परावर्तन हुन सक्छन् । जसका कारण धेरै डाटा ट्रान्समिसन हुने गर्दछ ।

यसको अर्थ मल्टिमोड फाइबरमा सिग्नलमा क्षतिसँगै कम डाटा प्रसारण वा बाह्य हस्तक्षेपले समेत प्रभाव पार्ने सम्भावना बढी हुन्छ ।

अप्टिकल फाइवरको प्रयोग

पछिल्लो समय स्वास्थ्य, सञ्चारलगायत प्राय: सबै क्षेत्रमा अप्टिकल फाइबरको प्रयोग व्वयापक रुपमा बढिरहेको छ । अप्टिकल फाइबरको डाटा सञ्चारित गर्न तथा उच्च व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को कारण कम्प्युटर नेटवर्किङलाई एक सामान्य अप्टिकल फाइबरको प्रयोग नै मान्न सकिन्छ ।

यस्तै इन्टरनेट तथा केवल टेलिभिजनको सन्दर्भमा पनि अप्टिकल फाइबरको प्रयोग बढ्दो छ । केही स्थानमा कम्प्युटर नेटवर्ककको एकआपसमा कनेक्सनको लागि समेत फाइबर अप्टिकल्सको प्रयोग गर्ने गरिएको हुन्छ ।

यसका अतिरिक्त यसको प्रयोग धेरै जोखिम हुने स्थान जस्तै समुन्द्रको पानीभित्र पनि गर्ने गरिन्छ । विश्वभर नै इन्टरनेटको पहँच पुर्‍याउनका लागि समुद्रमुनि यस्ता केबलहरू बिछ्याइएका हुन्छन् ।

विश्वको ९९ प्रतिशत सञ्चार र डाटा ट्रान्सफर समुद्रमुनि राखिएका यिनै सञ्चार केबलहरूबाट हुने बताइएको छ ।

यस्तै सैन्य तथा अन्तरिक्ष अनुसन्धानका लागि पनि सञ्चारसँगै सिग्नल आदानप्रदान गर्नका लागि पनि अप्टिकल फाइबरको प्रयोग गरिन्छ । त्यस्तै चिकित्सा क्षेत्रमा पनि अप्टिकल्स फाइबरको प्रयोग गर्ने गरिन्छ ।

यसमा विद्युतीय तथा चुम्वकीय हस्तक्षेप नहुने भएकोले एमआरआई स्क्यान, एक्स रे इमेजिङ्ग, एण्डोस्कोपी, लाइट थेरापी तथा सर्जिकल माइक्रोस्कोपीजस्ता परिक्षणहरुमा पनि अप्टिकल फाइबरको प्रयोग हुन्छ ।

अप्टिकल फाइबरको बढ्दो लोकप्रियता

तामाका तारहरु दुरसञ्चार, नेटवर्किङ्ग तथा केबल कनेक्सनका लागि धेरै पहिलेदेखि परिचित थिए । तर, पछिल्ला केही वर्षयता अधिकांश टेलिफोन कम्पनीहरुले पनि लामो दूरीको लाइनमा त्यस्ता लाइन हटाएर अप्टिकल फाइबर नै प्रयोग गर्न थालेका छन् ।

अप्टिकल फाइबरले उच्च ब्याण्डविथ क्षमताको समर्थन प्राप्त गरेको छ । अप्टिकल फाइबर तामाको तारका तुलनामा हलुका र बलियोसँगै कम संवेदनशील पनि हुने भएकोले यसको प्रयोग व्यापक हुँदै गएको छ ।

(विभिन्न रिपोर्टहरूमा आधारित)

यो पनि पढ्नुहोस्: इन्टरनेटको बढ्दो प्रयोगले कसरी युवापुस्ता लतमा फस्दै गइरहेका छन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?