मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अछाम र बाजुराको विद्युत् सेवा पूर्ण रूपमा बन्द

धनगढी – अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ। पहाडी जिल्लामा हावा हुरीसँगै बर्षा हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले सेवा बन्द गरेको हो।

डोटीबाट राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ। विद्युत् लाइनमा क्षति भए नभएको विवरण भने आएको छैन। तर, बुधवार अछाम र बाजुराको विद्युत् सेवा पूर्ण रूपमा बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाले जनाएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हावा हुरी सँगै वर्षा हुँदै आएको छ। पहाडी जिल्लामा भएको वर्षका कारण कैलाली र कञ्चनपुरमा समेत तापक्रम कम हुँदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?