नाटक मेषी दण्ड: मातृभाषी दमन विरुद्ध विद्रोहको झिल्को
काठमाडौँ– ‘ओ आगन्तुक युगौँदेखि बोकिरहेछु मैले आफ्नो शरीरमाथि तिम्रो जुत्ताको डाम भोगिरहेछु तिम्रो दण्ड विधान लामो निन्द्रापछि बल्ल म ब्युँतिएको छु ।’ नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राईको स्वरमा लयवद्ध यी कविताका हरफहरु सुनेसँगै ‘मेषी दण्ड’ नाटक सकिएको दर्शकदीर्घातिर बलेको प्रकाशले संकेत गर्छ । यही संकेतमा करिब डेढ घण्टा लामो अवधि मौन बसेका दर्शकहरुले तालीको गडगडाहटसँगै ब्युँतिएको प्रतिसंकेत गर्छन् । कवि राईको कविताका हरफहरुले भनेझैं लामो निन्द्रापछि अर्थात् युगौंको उत्पीडनपछि राप्छाका खालिङबासीहरु मात्र नभएर सत्ताको पिँधमा पिल्सिरहेका आदिवासीहरु बल्ल ब्युँतिएर छ्याङ्ग भएका छन्, भन्ने