मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८३ साल जेठ २१ गते बिहीबारको राशिफल

काठमाडौँ।  २०८३ साल जेठ २१ गते बिहीबार अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि। सन् २०२६ जुन ४ तारिख। निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस। जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

मेष: आज चन्द्रमा दशम (कर्म) भावमा रहनेछन्। कार्यक्षेत्रमा तपाईंको मान(सम्मान र प्रतिष्ठा बढ्नेछ। नयाँ व्यावसायिक जिम्मेवारी वा पदोन्नतिको योग छ। सरकारी र प्रशासनिक कामहरू सहजै सम्पन्न हुनेछन्। पिताको सहयोगले ठूलो लाभ मिल्न सक्छ।

वृष: आज चन्द्रमा नवम (भाग्य) भावमा गोचर गर्नेछन्। धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। लामो दुरीको फलदायी यात्रा वा तीर्थाटनको योजना बन्न सक्छ। उच्च शिक्षा वा वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सोचेजस्तै सफलता मिल्नेछ। गुरुजनको आशीर्वाद प्राप्त हुनेछ।

मिथुन: आज चन्द्रमा अष्टम भावमा रहने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। अचानक आउने सानातिना समस्याले मन विचलित हुन सक्छ। आर्थिक लगानी वा ठूलो लेनदेन गर्दा सतर्क रहनुहोला। वादविवादबाट टाढै रहनु र धैर्यता अपनाउनु आज हितकर हुनेछ।

कर्कट: दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथी वा व्यावसायिक साझेदारको पूर्ण सहयोगले ठूला योजनाहरू सफल हुनेछन्। व्यापार(व्यवसायमा नयाँ अर्डर वा सम्झौता प्राप्त हुने योग छ। विपरीत लिङ्गी मित्रको सहयोगले मन प्रसन्न रहनेछ र यात्रा रमाइलो हुनेछ।

सिंह: तपाईंको कार्यक्षमता र आत्मविश्वास उच्च रहनेछ। पुराना ऋण, रोग वा कानुनी विवादहरूबाट मुक्ति मिल्ने योग छ। प्रतिस्पर्धी र शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा सहकर्मीहरूको राम्रो साथ पाइनेछ। मामाघर पक्षबाट शुभ समाचार मिल्नेछ।

कन्या: बौद्धिक र रचनात्मक कार्यमा रुचि बढ्नेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा विशेष सफलता मिल्ने दिन छ। सन्तानको तर्फबाट सुखद र सन्तोषजनक समाचार प्राप्त हुनाले मन प्रसन्न रहनेछ। प्रेम जीवनमा सामीप्यता बढ्नुका साथै नयाँ मित्रता गाँसिने समय छ।

तुला: पारिवारिक वा घरायसी मामिलाले गर्दा मन केही चिन्तित वा विचलित हुन सक्छ। घरजग्गा वा सवारी साधनको कारोबार गर्दा कागजातहरू राम्ररी जाँच्नुहोला, हतारमा निर्णय नगर्नुहोला। आमाको स्वास्थ्यको ख्याल राख्नुहोला। कार्यक्षेत्रमा कामको चाप बढी हुनाले केही थकान महसुस हुनेछ।

वृश्चिक: आज तपाईंको पराक्रम, हिम्मत र उत्साहमा वृद्धि हुनेछ। छोटो दुरीको फलदायी यात्राको योग बनेको छ। दाजुभाइ, दिदीबहिनी र नजिकका मित्रहरूको सहयोगले अधुरा कामहरू पूरा हुनेछन्। सञ्चार, लेखन, मिडिया र सामाजिक सञ्जालको माध्यमबाट व्यावसायिक सफलता मिल्नेछ।

धनु: आर्थिक दृष्टिकोणले आजको दिन निकै उत्तम रहनेछ। रोकिएको धन फिर्ता आउने वा नयाँ आम्दानीको स्रोत फेला पर्ने बलियो योग छ। बोलीको प्रभावले सामाजिक र व्यावसायिक क्षेत्रमा राम्रो छाप छाड्न सफल हुनुहुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ र मीठो भोजनको अवसर मिल्नेछ।

मकर: चन्द्रमा आफ्नै राशिमा गोचर गर्ने भएकाले शारीरिक रूपमा स्फूर्ति र मानसिक रूपमा प्रसन्नता कायम रहनेछ। सामाजिक मान(प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ। नयाँ योजना वा कार्यको थालनी गर्नका लागि समय अत्यन्तै शुभ छ। पारिवारिक सुख मिल्नेछ र सोचेका कामहरू समयमै बन्नेछन्।

कुम्भ: आज चन्द्रमा द्वादश भावमा रहने भएकाले खर्चको मात्रा केही बढ्न सक्छ। विलासिता र मनोरञ्जनका वस्तुहरूमा खर्च गर्दा ध्यान दिनुहोला। वैदेशिक क्षेत्र, आयात(निर्यात वा टाढाको यात्रासँग सम्बन्धित काममा भने राम्रो सफलता मिल्नेछ। साँझपख अध्यात्म वा सामाजिक कार्यमा मन जानाले आन्तरिक शान्ति महसुस हुनेछ।

मीन: आम्दानीका विभिन्न स्रोतहरू फेला पर्नेछन् र आर्थिक स्थिति सुदृढ हुनेछ। पुराना लगानी वा सेयर बजारबाट राम्रो मुनाफा मिल्ने योग छ। दाजुभाइ वा वरिष्ठ व्यक्तिहरूको सहयोगले ठूला र महत्वपूर्ण योजनाहरू अगाडि बढ्नेछन्। मित्रहरूसँग रमाइलो भेटघाट र भोजभतेरको योग छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?