काठमाडौं। २०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२६ मे २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष: आजको दिन पराक्रम र उत्साह बढ्नेछ। रोकिएका केही अधुरा कामहरू साथीभाइको सहयोगमा सुचारु हुन सक्छन्। व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ। बोलीको प्रभाव बढ्नेछ, तर हतारमा निर्णय लिनु अघि विचार गर्नुहोला।
वृष: आर्थिक दृष्टिकोणले आजको दिन मध्यम रहनेछ। धनको लेनदेन गर्दा अलि सजग रहनुहोला। विचार गरेर मात्र लगानी गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यमा केही आलस्यता महसुस हुन सक्छ, त्यसैले खानपान र आराममा ध्यान दिनुहोला।
मिथुन: बौद्धिक तथा रचनात्मक कार्यमा रुचि बढ्नेछ। समाजमा मान(सम्मान मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। अध्ययन(अध्यापन र परामर्शको क्षेत्रमा लागेकाहरूका लागि आजको दिन विशेष फलदायी रहनेछ।
कर्कट: पारिवारिक सुख र शान्ति मिल्नेछ। घरजग्गा वा भौतिक साधनसँग सम्बन्धित काममा प्रगति हुनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूबाट सकारात्मक सहयोग र प्रशंसा पाउनुहुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ।
सिंह: आज तपाईँको आत्मविश्वास र सामाजिक दायरा बढ्नेछ। छोटो दुरीको फलदायी यात्राको योग छ। दाजुभाइ तथा सहकर्मीहरूसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। नयाँ योजना वा कार्यको थालनी गर्नका लागि दिन अनुकूल छ।
कन्या: आर्थिक पक्ष बलियो रहनेछ र आकस्मिक धन लाभको योग देखिन्छ। बोलीको मधुरताले गर्दा पुराना पारिवारिक विवादहरू सुल्झिन सक्छन्। आफन्तजन र कुटुम्बसँगको भेटघाटले मन प्रसन्न रहनेछ। खानपानमा भने सजग रहनुहोला।
तुला: आजको दिन मिश्रित फलदायी रहनेछ। कार्य क्षमतामा वृद्धि हुनाले आटेका कामहरू समयमै पूरा हुनेछन्। मानसिक रूपमा शान्ति महसुस भए पनि साझेदारीको काममा भने केही मतभेद हुन सक्छ। स्वास्थ्य सामान्यतया अनुकूल रहनेछ।
वृश्चिक: अनावश्यक खर्चको मात्रा बढ्न सक्छ, त्यसैले आर्थिक बजेट सन्तुलनमा राख्न आवश्यक छ। वादविवाद वा प्रतिस्पर्धात्मक कुराहरूबाट टाढै रहनुहोला। वैदेशिक क्षेत्र वा टाढाको यात्रासँग सम्बन्धित कामहरूमा भने सफलता मिल्ने सम्भावना छ।
धनु: आजको दिन अत्यन्तै शुभ र उत्साहजनक छ। विभिन्न स्रोतबाट आम्दानी हुनेछ र रोकिएका पुराना कामहरू सजिलै सम्पन्न हुनेछन्। प्रेम जीवन तथा दाम्पत्य जीवन सुखमय रहनेछ। नयाँ अवसरहरू हात पर्नेछन्।
मकर: कर्मक्षेत्रमा ठुलो सफलता मिल्ने योग छ। नयाँ रोजगारी, व्यवसायिक सम्झौता वा पदोन्नतिको सम्भावना देखिन्छ। समाजमा मान(सम्मान बढ्नेछ। पिता वा गुरुतुल्य व्यक्तिको मार्गदर्शनले काममा ठुलो सहयोग पुर्याउनेछ।
कुम्भ: भाग्यले साथ दिनेछ। रोकिएका धार्मिक वा मांगलिक कार्यहरू अगाडि बढ्नेछन्। लामो दुरीको यात्रा वा तीर्थयात्राको योजना बन्न सक्छ। शिक्षण तथा सामाजिक कार्यमा लागेकाहरूका लागि आजको दिन सकारात्मक रहनेछ।
मीन: आज स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। बाटो काट्दा वा सवारी साधन चलाउँदा सावधानी अपनाउनु आवश्यक छ। कार्यक्षेत्रमा केही चुनौतीको सामना गर्नु परे पनि धैर्यता राख्नाले साँझपख स्थिति अनुकूल बन्दै जानेछ। गोपनीयतामा ध्यान दिनुहोला।
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया