मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसियन गेम्स छनोट : सहज जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं। ओमानविरुद्व आठ विकेटको सहज जित निकाल्दै नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनल प्रवेश गरेको छ ।

आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले ९.२  ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लोकश बमले अविजित ४४ रनको इनिङ खेले । उनले २६ बलमा सात चौका र एक छक्का प्रहार गरे । रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाए । तेस्रो विकेटका निम्ति लोकेश र रोहितले अविजित ६८ रनको साझेदारी गरे ।

ओमानका निम्ति दुवै विकेट समीर ओटमनले लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो ।

ओमानका कप्तान सफ्यान मेहमुदले ३८, जुबैर अल बलुशीले २२ र  अब्दुल जाइलले १६ रन बनाए ।

नेपालका करण केसीले तीन विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले दुई/दुई, शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीका नाममा एक/एक विकेट रह्यो ।

नेपालले अब उपाधिका निम्ति हङकङ र मलेसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?