मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी १० अवस्थामा लसुन खानु स्वास्थ्यका लागि घातक

१. कलेजोको समस्या

कलेजोमा समस्या भएमा तथा कलेजोका रोगीहरूले लसुन खानु उपयुक्त मानिँदैन । धेरै लसुन खानाले झनै समस्या बढ्न सक्छ ।

२. औषधि प्रयोग गरिरहेको अवस्थामा

होमियोप्याथिकको औषधि प्रयोग गरिरहनुभएको छ भने लसुन खानु हुँदैन । यस्तो अवस्थामा लसुन खाएमा औषधिले काम गर्दैन ।

३. लो ब्लड प्रेसरको समस्यामा

धेरै लसुन खानाले ब्लड प्रेशर कम हुन्छ । पहिलेदेखि नै लो ब्लडप्रेशरको समस्या छ भने लसुन खानु स्वास्थ्यका लागि झन् घातक मानिन्छ ।

४. एनिमियाको समस्या भएमा

लसुन खानाले हेमोलिटिक एनिमिया वा हेमोग्लोबिनको कमी हुन सक्छ । तसर्थ यस्तो अवस्थामा लसुन खानु स्वास्थ्यका लागि झन् खतरा हुने चिकित्सक बताउँछन् ।

५. पेटमा समस्या भएमा

यदि पेटमा गडबडी छ अल्सर, डायरिया जस्ता समस्या छन् भने लसुन नखान चिकित्सकहरू सुझाउँछन् ।

६. गर्भ निरोधक पिल्स खाइरहेको अवस्थामा

धेरै लसुन खाएमा गर्भ निरोधक पिल्सले काम गर्दैन त्यसैले गर्भ निरोधक पिल्स सेवन गरिरहनुभएको छ भने लसुन नखानुहोस् ।

७. यदि गर्भवती अवस्थामा

लसुनले गर्मी गराउँछ । यदि गर्भवती अवस्थामा धेरै लसुन खाएमा गर्भ तुहिने खतरा पनि हुन् सक्छ ।

८. सर्जरी गरिएको अवस्था

लसुन धेरै खानाले रगत पातलो हुन्छ । सर्जरीको समयमा धेरै ब्लिडिङ हुन सक्छ

९. एलर्जीको समस्या हुँदा

जसलाई एलर्जीको समस्या छ उनीहरूलाई लसुन खाएमा झन् बढी हुन सक्छ ।

१०. रगत पातलो बनाउने औषधि खाइरहेको अवस्थामा

लसुनले रगत पातलो बनाउँछ । पहिले देखि नै यस खालको औषधि लिइरहनुभएको छ भने समस्या झनै बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?