मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सानो लापरवाहीले पनि पर्न सक्नुहुन्छ ह्याकरको पञ्जामा, कसरी जोगिने?

काठमाडौँ– मानिसमा डिजिटल पहुँच बढ्दै गएसँगै सामाजिक सञ्जाल लगायतका डिजिटल प्लेटफर्महरु ह्याकिङ हुनेजस्ता खतराहरु पनि बढ्दै गइरहेका छन् ।

हामीले जति सतर्कता अपनाउँदा पनि ह्याकरको पासोमा पर्न सकिन्छ । कहिलेकाहीँ मानिसहरु आफ्नै लापर्वाहीका कारण समेत ह्याकरहरुको सिकार हुन सक्छौं ।

त्यसैले आज हामी तपाइलाई डिजिटल संसारमा सुरक्षित रहनका लागि अपनाउनुपर्ने उपायका बारेमा जानकारी दिँदैछौँ ।
अपरिचित व्यक्तिले पठाएको शङ्कास्पद फाइल सकेसम्म नखोल्ने

धेरै जसो साइबर अपराधका समस्या इमेल, मेसेजबाट आउने गरेको साइबर विज्ञहरुको भनाइ छ । हेर्दा सामान्य र काम लाग्ने डकुमेन्ट जस्तै देखिन सक्ने त्यस्ता डकुमेन्टभित्र खतरनाक भाइरस हुन सक्छन् । त्यसैले अपरिचित व्यक्तिले पठाएका कुनै पनि लि‍ंक खोल्न नहुने साइबर विज्ञहरू सुझाव दिन्छन् ।

यसकारण अपरिचित व्यक्तिबाट आएका इमेल अथवा मेसेज तपाईंले सकभर खोल्नु हुँदैन ।

सेक्युरिटी सफ्टवेयरमा खर्च गर्नुहोस्

यदि तपाईँले आफ्नो डिभाइस अपडेडेट गरिराख्नुहुन्छ भने त्यसका लागि सेक्युरिटी सफ्टवेयरमा खर्च नगर्दा पनि हुन्छ । होइन भने कुनै एउटा एन्टिभाइरस आफ्नो कम्प्युटर या अन्य डिभाइसमा राख्दा त्यसले भाइरस छिर्न दिँदैन ।

अनधिकृत तरिकाले एप डाउनलोड नगर्नुहोस्

आफ्नो डिभाइसमा जथाभावी एप डाउनलोड गर्दा या फिल्महरू डाउन गर्दा पनि तपाईं डिजिटल रुपमा असुरक्षित हुन सक्नुहुन्छ । पैसा जोगाउने नाममा कतिपयले अनधिकृत ठाउँबाट परिमार्जन गरिएका (क्र्याक्ड) प्रोग्राम डाउनलोड गर्ने गर्छन् । जसमा मालवेयर भाइरस राखिएको पनि हुनसक्छन् । यसकारण अनधिकृत तरिकाले एप डाउनलोड गर्नु पनि राम्रो हुँदैन ।

लिङ्कमा क्लिक अघि सोच्नु

तपाईंले धेरै प्रयोग गर्ने साइटको नक्कल गरेर पनि ह्याकरहरूले तपाईंलाई फसाउन सक्छन् । त्यस्ता साइटमा तपाईंले आफ्नो विवरण राख्दा ह्याकरले सङ्कलन गर्न सक्छ । त्यसैले यस्ता लिङ्कहरु खोल्नुभन्दा अगाडि सतर्क रहनुपर्छ । यदि कुनै साइटमा तपाईँलाई लगइन माग्यो भने सबैभन्दा पहिले त्यसको वेबसाइट राम्रोसँग चेक गरेर मात्र पासवर्ड हान्नुपर्छ । अन्यथा तपाईँ ह्याकरको फन्दामा पर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?