मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी ४ व्यक्तिले भुलेर पनि मेवा नखानुस्, नत्र स्वास्थ्य बिग्रन सक्छ

काठमाडाैँ – मेवा एक यस्तो फल हो जसले जीवनलाई धेरै खतरनाक रोगबाट बचाउँछ। जस्तै मुटु रोग, उच्च रक्तचाप, मधुमेह, क्यान्सर । धेरै मानिसले दिनहुँ खाली पेटमा मेवा खाने गर्छन् ।

मेवामा फाइबर, मिनरल्स, भिटामिन र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। मेवाको मीठो स्वादका कारण मानिसहरु यसलाई खान मन पराउँछन् ।

यसको मिठो स्वादका कारण मानिसहरु यसलाई खान मन पराउँछन् । पाकेको मात्र होइन, मानिसले काँचो मेवा खान पनि रुचाउँछन् । धेरैले काँचो मेवालाई तरकारीको रुपमा खाने गर्छन् । जो धेरै स्वादिष्ट हुन्छन्। यति धेरै फाइदाहरू भए पनि, यो धेरै मानिसहरूको लागि धेरै हानिकारक छ। आज हामी कुन-कुन व्यक्तिले मेवा नखाने बारे जानकारी दिनेछौँ ।

मिर्गौलाको पत्थरी

मेवामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । त्यसैले, मिर्गौलामा पत्थरी भएका व्यक्तिहरू। गल्तीले पनि मेवा खानु हुँदैन । मेवा खाँदा मृगौलाको पत्थरीको आकार बढ्छ । जसका कारण अवस्था बिग्रन सक्छ । यसमा पाइने भिटामिन सी र क्याल्सियम अक्सालेटका कारण मिर्गौलामा पत्थरी हुन थाल्छ ।

गर्भवती महिलाले मेवा खानु हुँदैन

गर्भवती महिलाले मेवा खानु हुँदैन । किनभने यो खाँदा पाठेघरमा संकुचन हुन्छ । यसमा प्यापेन र लेटेक्स हुन्छ। जसका कारण समयअघि नै बच्चा जन्मिन सक्छ । यसले पनि गर्भपात हुन सक्छ। गर्भावस्थामा काँचो वा पाकेको मेवा नखानुहोस्।

लेटेक्स एलर्जी

मेवामा पाइने लेटेक्सबाट धेरैलाई एलर्जी हुन्छ । यस्ता व्यक्तिले मेवा खानु हुँदैन । मेवा खाँदा दागहरू आउने, हाच्छिउँ आउने, सास फेर्न गाह्रो हुने र शरीर सुन्निने जस्ता समस्याहरू हुन सक्छन्।

हृदय रोगीहरु

मुटुलाई स्वस्थ राख्न मेवा खानु राम्रो हो । तर यदि तपाई मुटु रोगी हुनुहुन्छ भने मेवा खानु हुँदैन । मेवामा केही यस्ता विशेष तत्वहरु हुन्छन् । जसले मुटुको धड्कनको गति बढाउँछ । त्यसैले मुटु रोगीले भुलेर पनि मेवा खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?