मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नदी र खोलामा किन सिक्का फालिन्छ ?

नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु भएको छ होला । हामीमध्ये कतिपयले आफैले पनि नदी वा तलाउमा सिक्का पैसा फालेको अनुभव छ ।

मानिसहरू कुनै संकोच नै नमानी खुरुखुरु सिक्का फाल्ने गर्छन्, अझ कतिपय ठाउँमा त प्रतिस्पर्धा पनि हुने गर्छ- कसले कुन चाहिँ भाँडोमा सिक्का पार्न सक्छ भनेर । उदाहरणको लागि पशुपतिनाथमा रहेको बागमतीलाई लिन सकिन्छ ।

पछिल्ला पुस्ताले यी कुरामा विश्वास गर्दैनन् । तर यस्तो किन गरिन्छ होला । सबैको मनमा उठ्ने प्रश्न गरेको छ । आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ ।

धार्मिक मान्यता अनुसार देवी देवतालाई पुजा गर्दा फुल माला बली चढाए जस्तै सिक्का चढाउने गरिन्छ । नदीनाला तर्दा सुरक्षित होस् भनेर फाल्ने गर्छन् ।

सामान्य अर्थमा नदीनाला, खोलामा सिक्का फाल्नुलाई धार्मिक अर्थमा भाग्य वृद्धिको रूपमा बुझिए पनि वास्तविक रूपमा वैज्ञानिक तथ्यहरू पनि छन् ।

प्राचीन समयमा सिक्काहरू प्रायः तामाबाट बनेका हुन्थे । खाने पानीको मुख्य श्रोत भनेकै खोलानाला मानिन्थ्यो । तामा हाम्रो शरीरको लागि चाहिने एक अभिन्न धातुको रूपमा लिइन्छ ।

हामीले खाने पानीमा यथेष्ट तामाको मात्रा होस् भन्ने हेतुले पुर्खाहरूले नदी नालाहरूमा तामाबाट बनेका सिक्काहरू फाल्ने गरेका थिए । तर अहिलेका सिक्काहरू तामाका हुँदैनन् तैपनि मानिसहरू त्यो पुरानो प्रथालाई अन्धविश्वासको रूपमा पछ्याउँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?