मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्को गर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भिड

भैरहवा– सन्तकबिर नगरका हनि सिंह साथीहरु सँग भैरहवाको एक्वा पार्कमा आइतबार ११ बजे बिहानै आए, उनी नेपाल आउनुको एउटा मात्रै उद्देश्य केही भएपनि गर्मीमा राहत होस भन्दै वाटर पार्कको आनन्द लिनु थियो । जसअनुरुप उनले करीब ६ घण्टा नेपालमा बिताएर साझ घर तर्फ लागे ।

यस्तै प्रदिप शर्मा पनि परिवारसहित गर्मी छल्न यहाँ आए उनी आफू मात्रै आएनन २ छोरा १ छोरी र श्रीमति सहित परिवारिक आनन्द लिन वाटरपार्क आए । गर्मीले बस्न नै नसकेर परिवार नै लिएर उनी भैरहवा पानीसँग खेल्न आएको आएका हुन् । गर्मीले अतालिएका थियौ, परिवार र बच्चाहरु पनि आनन्दीत भए, हामीतिर खासै यस्तो वाटर पार्कहरु नभएकोले नेपाल आएको उनले भने ।

यो त केवल उदाहरण मात्रै हो ।

भैरहवामा रहेको एक्वा पार्क र रेडसन वाटर पार्कमा अहिले भारतिय पाहुनाहरुको भिड नै लाग्ने गरेको छ । भारतको छिमेकी जिल्लाबाट मात्रै होइन भैरहवा आसपासका युवा युवती, बच्चा र व्यस्कहरु पनि अहिले भैरहवाका यी दुवै व्यवसायिक रुपमा पानीजन्य मनोरञ्जनका लागि सञ्चालित वाटरपार्कमा आन्नद लिन आउने गरेका छन् । उखरमाउलो गर्मी छल्न पानीको सहारा लिनु परेको पानी प्रेमीहरुको भनाइ छ ।

सिमाबाट नजिक भएकोले पनि भारतका सिमावर्ती क्षेत्र सुनौली, नौतनवा, गोरखपुर मात्रै होइन आयोध्या, नौगढ, कुशीनगर, सन्तकविरनगर लगायतका ठाउँहरुसम्मका स्विमीङ्ग पारखीहरु सातामा नियमित रुपमा आउने गरेका छन् ।

लुम्बिनी र भैरहवा आसपास आउने बाह्य तथा आन्तरिक पर्यटकहरु पनि केही दिन देखि शितलता सहितको मनोरञ्जन लिने क्रम बढेको छ ।

गर्मी मौसममा शीतलता लिन र बच्चाहरूसँग छुट्टी मनाउन वाटर फन पार्कहरू विकल्पको रुपमा छन, शनिबार र आइतबार भिड नै हुने गरेको सञ्चालकहरू बताउँछन् । बच्चादेखि वयस्कसम्म एकै ठाउँमा मनोरञ्जन लिन सक्ने स्थान भएकोले पनि पछिल्लो समय वाटर फन पार्कमा परिवार नै आउने गरेका छन ।

समुन्ध्रको अनुभुति दिलाउन नेपालकै नमुनाको रुपमा यि वाटर पार्क सञ्चालनमा छन । जल क्षेत्रको माध्यमबाट पर्यटन क्षेत्रको बिकासका लागि युवा उद्यमी अभिषेक शर्माको लगानीमा लुम्बिनी अम्युजमेन्ट पार्क (एक्वा पार्क) सञ्चालनमा छ भने पर्यटन व्यवसायी प्रमोद यादवको लगानीमा रेडसन वाटर फनपार्क संचालित छ । सिमाबाट ५ किलो मिटर भित्रै पर्ने यि वाटरपार्कको उद्देश्य पनि भारतिय जल प्रेमी पर्यटकहरुलाई तान्नु रहेको थियो, सामुन्द्रीक छाल सहितको वाटर फन पार्क रुपन्देहीमा ३ वटा रहेको छ ।

साढे ६ विघा क्षेत्रफलमा २ हजार बढिले मनोरञ्जन लिन सक्छन भने अर्को बसन्तपुरमा १४० वर्ग फिटमा फैलिएको पार्कमा एक हजार जना अट्ने क्षमताको छ ।

एक्वा पार्क अमेरिकन टेक्नोलोजीबाट निर्मित वाटर फनपार्कमा बालबालिकादेखि वयष्कसम्मका एकै ठाँउमा मनोरञ्जन गर्दा दुर्घटनाको सम्भावनालाई मध्यनजर गरी उमेर समूह अनुसारको सलाइडहरु छन् ।

यसका साथै परिवारिक सलाइडमा १० फिट र २० फिट उचाइका ३ वटा सलाइडहरु टनेल सलाइड, ३ लेन सलाइडर रिभोल्भिङ सलाइडहरु, अग्लो टावरबाट २ वटा सलाइडिङ ,मल्टीलेन सलाइड रेन डान्स, क्रेजी रिभर, एक्वा प्ले, बेबी स्लाडिङ, मसरुम स्प्रे, अम्ब्रेला सावर, लगायतका मल्टी वाटर खेलका मनोरञ्जनात्मक उपकरण जडित छ ।

‘हामीले युवाहरुका लागि साहसिक सलाइड अन्तर्गत २५ फीट उचाईबाट यस क्षेत्रमा अहिले सम्मकै लामो तिव्र गति २ सय फीटको स्पीड सलाइड जडान गरेका छौ, यस्तै सेल्फिका लागि सबै उमेर समूहलाई सुहाउने १७–१८ वटा प्वाइन्ट बनाएको संचालक एक्वा पार्कका संचालक शर्माले भने ।

स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी अत्याधुनिक वाटर फिल्टर सिस्टमबाट पानी प्रशोधन गरी वातानुकुलित बनाई पानीलाई पूर्ण रूपमा सुरक्षित बनाएर मात्र प्रयोगमा ल्याइरहेका छौ भने भवितव्यका लागि तालिमप्राप्त लाइफ गार्डको नेतृत्वमा लाइफ गार्ड र प्राथमिक उपचारका लागि जनशक्ति नै राखेको शर्माले भने ।

अहिले गर्मी बढेकोले पार्क आउनेको संख्यामा धेरै वृद्धि भएको छ । विदाको दिन, शनिबार र आइतबार अरु दिनको तुलनामा भिडभाड नै हुने गरेको छ । यहाँ आउने ८० प्रतिशत सेवाग्राही भारतबाट आउने गरेका छन, शनिबार र आइतबार त टाढा टाढाबाट नियमित समूहमा नै आउने गरेका छन, सोही लाई मध्य नजर गर्दै हामीले डिजे र नृत्यसहितको मनोरञ्जन दिने गरेको संचालक शर्माले भने ।

यता रेडसन फनपार्कमा पनि भारतिय ग्राहकहरुको आकर्षण बढेको छ । चैत्रको दोस्रो साताबाट सुरुवात भएको वाटरपार्कमा पछिल्लो २ साताबाट गर्मी बढेसँगै भारतियसँगै नेपालीहरुको चाप बढेको छ । पहिलाको तुलनामा अहिले विस्तारै पानीका पारखीहरु बढ्ने क्रममा रहेको म्यानेजर निकेश यादवले भने । हाम्रो सुरुवाती चरणमा ग्राहकहरुको संख्या थोरै भएपनि अहिले टाढा टाढाका ग्राहक आइरहेका छन ।

शुक्रबार, शनिबार र आइतबार भीड नै लाग्ने गरेको छ, उनीरुको स्वास्थय र सुरक्षालाई ध्यानमा राखी नियमित रुपमा पानी प्रसोधन र परिवर्तन गर्ने गरेको बताए ।

हामीले अहिलेको अवस्थालाई मध्यनजर गर्दै वयस्कलाई ३००, बच्चाहरुको २५० र हेर्न आएकालाई १०० रुपैया टिकट तोकेका छौ, विस्तारै गेमहरु पनि अपडेट गर्दै लगिरहेको म्यानेजर यादवले भने ।

पानी पारखीहरुको रोजाई नै बेभ पुल हुने गरेको छ, अन्य खेल संयन्त्रमा रमाउनु भन्दा समून्द्र अनुभुति यहाँ पाएकोले बढी आकर्षणा रहेको हुन्छ । नेपाल भुपरिवेष्ठित मुलुक र भारतको उत्तरी क्षेत्रसँग समुन्द्र नछोइएकोले पनि कृत्रिम सामुन्द्रिक अनुभूति लिन वाटर पार्क आउने गरेका छन् ।

रुपन्देहीको भैरहवा अहिले नैपालकै उच्च तापक्रम भएको शहर हो । २ साता देखि भैरहवाको तापक्रम उच्च मापन गरिएपनि पछिल्लो २–३ दिन देखि तापक्रम मापनमा गिरावट आएपनि गर्मी भने कम भएको छैन । जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका अनुसार गत आइतबार भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ६ मापन गरिएकोमा यो रेकर्ड यस वर्षको अहिले सम्मकै उच्च रहेको कार्यालय प्रमुख वरुण पौडेलले भने ।

भैरहवाको हाल सम्मकै उच्च तापक्रम भने सन १९९५ को मे ३ मा ४५ दशमलव २ पुगेको मापन भएको थियो । भैरहवाको यो साताको सरदर तापक्रम अधिकतम ४० डिग्री सेल्सियस मापन गरिएको छ । विगतका केही दिन देखि भैरहवाको तापक्रम यही अनुपातमा रहेको छ । गर्मीले मानिस अत्तालिएका छन् ।

–मोहम्मद हबिब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?