मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामो समय भोकै बस्दा दिमागमा असर 

भोकले हाम्रो दिमाग प्रभावित गर्छ । भोकका कारण कतिपय समयमा निकै रिस उठ्ने गर्छ । यदि भोक लागेको छ भने अन्य समय भन्दा धेरै रिस उठ्ने गरेको अनुसन्धानले प्रमाणित गरेको छ ।

यसकारण पर्याप्त पोषक तत्त्व र क्यालोरीबिना हाम्रो मस्तिष्कलाई विकसित हुन र ठिकसँग काम गर्नका लागि सङ्घर्ष गर्नुपर्छ । के दैनिक जीवनमा केही समय भोकै बस्दा हाम्रो सोच्न तरिका र मुड प्रभावित हुनसक्छ, हाम्रो सोचमाथि हाम्रो इमोसन हाबी हुन्छ ।

खासगरी जब हामी आफ्नो भावनालाई बुझ्ने र स्वीकार्ने कोसिस गर्दैनौँ । यदि हामीलाई हाम्रो भावना किन र के कारणले आइरहेको छ भन्ने कारण थाहा पाउँछौँ भने नियन्त्रण गर्ने कोसिस गर्छौँ । 

मनोवैज्ञानिकहरूको भनाइ छ, मान्छेलाई तीन कुरा साह्रै महत्त्वपूर्ण हुन्छ । भोक प्यास, निद्रा र शारीरिक आवश्यकता । यदि यी तीनमध्ये एउटा मात्रै पूरा भएन भने मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । हामी जति धेरै भोकै बस्छौँ, त्यसको सिधा असर दिमागमा पर्छ ।  

सन् २०२२ मा भएको एक अध्ययनका अनुसार खराब मुड अक्सर हामीलाई निराशावादी बनाइदिन्छ । जसले हाम्रो सोचलाई अझै धेरै नकारात्मक बनाउन सक्छ । यसपछि हाम्रो मुडको कारक खाना हुन्छ ।  

खाना र हाम्रो मुडमा गहिरो सम्बन्ध हुन्छ । खाना एक बायोलोजिकल केमेस्ट्री हो । खाना हाम्रो हर्मोन्सलाई ट्रिगर गर्छ । कति मान्छेमा ट्रिगर इटिङ ह्याबिट हुन्छ । खुसी, रिस, उदासी वा हडबडाहट यही ट्रिगरका कारण हुन्छ । चीनी, चिज, मदिरा, मसरुम, दूधले फरक–फरक हर्मोनलाई ट्रिगर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?