मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईँ पनि कपाल स्ट्रेट गर्ने सोचमा हुनुहुन्छ ? हुनसक्छ हानी

केराटिन भनेको सामान्य रूपमा बुझ्दा प्रोटिन हो । जुन हाम्रो कपालमै पनि हुन्छ ।

केराटिन आफैँमा हानिकारक होइन । केराटिनले कपाललाई राम्रै गर्ने हो । केराटिनजस्ता रासायनिक तत्त्व कपाल स्ट्रेट गर्नलाई प्रयोग गर्छौँ ।

ती केराटिन रहिरहोस् भनेर अन्य रासायनिक तत्त्व प्रयोग गरिएको हुन्छ । त्यस्ता रासायनिक तत्त्वले चाहिँ कालान्तरमा कपाललाई हानि गर्छन् ।

तुरुन्तै हेर्दा त्यसको असर कपाल स्ट्रेट भएको देखिन्छ । राम्रो पनि देखिन्छ । तर कालान्तरमा कपाल टुक्रिने, खुइलिने, हाँगा फाटिने जस्ता समस्याहरू देखिन्छन् ।

त्यसैले केराटिन मात्र लगाउने हो फाइदाजनक नै हुन्छ । तर त्यसको प्रक्रिया हुन्छ त्यसले नकारात्मक असर गर्छ । आइरन गर्ने, कपाल स्ट्रेट पार्नका लागि केमिकल प्रयोग हुने, कलर गर्नलाई ब्लिच गरिन्छ ।

ब्लिच नगरेसम्म कलर लाग्दैन । त्यसले गर्दा कपाललाई हानि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?