मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्यास्ट्रिक भएका व्यक्तिले के खान हुँदैन ?

मानव स्वास्थ्यका लागि खानपान अति महत्त्वपूर्ण विषय हो । तर, पछिल्लो समय स्वास्थ्यलाई भन्दा स्वादलाई केन्द्रमा राखेर खानेकुरा खाँदा अधिकांशमा ग्यास्ट्रिकजस्ता समस्या देखिन्छ । 

धेरै समय भोको पेट बस्यो, लामो समय खाना खाएन भने वा ‘हाईड्रोक्लोरिक एसिड’ नै बढाउने खानेकुराहरू खायो भने त्यसले झिल्ली सुन्निन्छ र ग्यास्ट्रिक निम्त्याउँछ । खाना पचाउने क्रममा यदि ‘हाईड्रोक्लोरिक एसिड’ले खाना पचाउन पाएन वा त्यसलाई बचाउने तत्त्वहरूको असन्तुलन भयो भने ग्यास्ट्रिक हुन्छ । हामीले खाने औषधीहरूले पनि ग्यास्ट्रिक बनाउँछ । त्यसैले चिकित्सकको सल्लाह बिना औषधि खानु हुँदैन ।

–सबैभन्दा पहिला कस्तो ग्यास्ट्रिक हो भनेर पत्ता लगाउनुपर्‍यो । धेरै खानेकुरा खाएर तुरुन्तै हुने ग्यास्ट्रिक त पेटलाई आराम दिएपछि, सामान्य औषधीले पनि निको हुन्छ ।

पुरानो ग्यास्ट्रिक वा कीटाणुका कारणले भएको ग्यास्ट्रिक हो भने चिकित्सकसँगको परामर्शमा औषधी खाएर निको हुन्छ । कस्तो ग्यास्ट्रिक हो भनेर पत्ता लगाएर त्यही अनुसार उपचार गर्नुपर्छ ।

साथै खानपानमा पनि ध्यान दिनुपर्छ । कम मसला भएको खानेकुरा खाने, सागसब्जीमा जोड दिने, चुरोट, रक्सी नखाने, गर्नुपर्छ ।

ग्यास्ट्रिक भएकाले के खाने नखाने ?

–बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिला एक गिलास मनतातो वा ‘रुम टेम्प्रेचर’ पानी पिउनु पर्छ । शारीरिक व्यायाम गर्नुपर्छ, आफूलाई रुच्ने र पिरो अमिलो चिल्लो कम भएका खानेकुरा बिहानको खाजामा खानुपर्छ । सुख्खा रोटी, गेडागुडीको रस, अन्डा, दही जस्ता स्वस्थ खानेकुरा खादा राम्रो हुन्छ । 

दिउँसोको खानामा दाल, भात, रोटी तरकारी, राम्रोसँग पकाएको माछा मासु र बेलुका हल्का खाने जस्तै फलफूल, दुध आदि खानुपर्छ । बिचबिचमा पानी पिउन नबिर्सिने, र खाना खाने बित्तिकै सुत्नु हुँदैन।

खाना खानु र सुत्नुको बिचमा कम्तीमा पनि २–३ घण्टाको भिन्नता हुनै पर्छ । यति ग¥यो भने मानिस एकदम स्वस्थ रहन्छ । यसैगरी, धेरै नुनिलो खानेकुरा खानुहुँदैन । पुराना अचार, साँधेको मासु, पोलेको मासु, धूम्रपान, मद्यपान आदिले क्यान्सरसम्म निम्त्याउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?