मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिलाहरूले देब्रे नाक छेड्नुको धार्मिक तथा वैज्ञानिक कारण यस्तो

प्रायः महिलाहरूले नाक छेड्छन् । नेपाली महिलाले किन नाक छेडाउँछन् भन्ने कुरा सबैलाई थाहा हुँदैन ।

यतिसम्मकी नाक छेड्ने स्वयं महिला पनि यस विषयमा अनभिज्ञ हुन्छन् । नाक छेड्नुलाई धेरैजसोले शृङ्गारसँग मात्र जोड्ने गर्छन् । तर नाक छेड्नु श्रृंगारसँगमात्र सम्बन्धित छैन, यसको धार्मिक तथा वैज्ञानिक कारण पनि छ जुन यहाँ उल्लेख गरिएको छ ।

हिन्दुशास्त्रको पवित्र ग्रन्थ वेदका अनुसार नाक छेड्ने महिलाहरुलाई महिनावारी हुँदा हुने पीडाबाट राहत मिल्छ । प्रसवको समयमा शिशुलाई जन्म दिन पनि सजिलो हुने धार्मिक विश्वास छ ।

त्यस्तै नाक छेड्नाले टाउको दुख्ने वा माइग्रेनको समस्याबाट पनि मुक्ति मिल्ने चिकित्सकहरू बताउँछन् । तर, महिलाले देब्रे नाक मात्रै किन छेड्छन् भन्ने विषय पनि सबैलाई थाहा नहुन सक्छ । यसले प्रजनन अङ्गमा नकारात्मक असर नपर्ने चिकित्सकहरू बताउँछन् ।

महिलाको देब्रे नाकको नशा प्रजनन अङ्गसँग जोडिएको हुने चिकित्सकहरू बताउँछन् । यस्तै बायाँ कान छेड्नाले रक्त चापजस्तो समस्याहरूमा पनि कमी आउने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?