मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै

तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो ।

करिब पाँच रोपनी क्षेत्रफलमा दुई सय बढी विभिन्न प्रजातिका जडीबुटीका नामसहित बिरुवा रोपिएको छ । यसले यहाँ घुम्न आउने मानिसलाई जडीबुटी, वनस्पतिलगायतका बिरुवाका बारेमा जानकारीमा सहज हुने बताइएको छ । यस स्थानलाई शैक्षिक हबका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्वल पौडेलले जानकारी दिए ।

उक्त उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर, लोठसल्लालगायतका महँगा र औषधिजन्य जडीबुटी लगाइएको छ । विशेष तरिकाले निर्माण गरिएको उद्यानमा विभिन्न जातका जडीबुटी र वनस्पति रहेका छन् । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी ८९ वर्षीय गौरादेवी दाहालको नाउँमा उक्त उद्यान स्थापना गरिएको हो ।

पौडेलका अनुसार करिब रु एक करोड ५० लाखको लागतमा जडीबुटी उद्यान तथा विभिन्न अस्थायी संरचना स्थापना गरिएको छ । जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ, घोडालगायतका विभिन्न जातका पक्षी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको छ । खोलाको वरपर रहेको जङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने पर्यटक लठ्ठ हुने गर्दछन् ।

अहिले यस स्थानमा सार्वजनिक बिदाका दिनमा पाँच सय बढी र अन्य दिनमा एक÷दुई सयका हाराहारीमा आन्तरिक पर्यटक घुम्नका लागि आउने गर्दछन् । त्यसैगरी ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा लगाएर फलफूलको नामसहितको सुन्दर बगैँचासमेत स्थापना गरिएको छ ।

दुई सय बढी लोपोन्मुख चिनारीसहितको सङ्ग्राहलयसमेत सञ्चालन गरिएको छ । धेरै जातका जडीबुटी र फलफूलका बिरुवा एकै स्थानमा देख्न र चिन्न सकिने भएकाले पर्यटक गन्तव्य स्थलको रूपमा परिचित हुँदै छ ।

विभिन्न देवीदेवता, वन्यजन्तुहरूको मूर्ति निर्माण गरी जानकारी लिनका साथै घुम्न आउने विद्यार्थीलाई ज्ञान दिइने लक्ष्य रहेको छ ।

रुद्र कुण्ड, रुद्र घण्ट मठमन्दिरसमेत रहेको गौरादेवी यस उद्यानबाट पर्यटकले भरपुर मनोरञ्जन लिन सक्छन् । पारिवारिक वातावरणमा अर्ग्यानिक खाना र आरामदायी बसाइका लागि समेत उत्कृष्ट गन्तव्य बनेको सञ्चालक पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?