मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिहानै पिउनुहोस् जिरापानी, हुनेछन् यस्ता फाइदा

जोयनेपाल
8.1k
Shares
xr:d:DAFL_BGRlWk:929,j:40634555435,t:22111109

काठमाडौँ – मसलाका रूपमा प्रयोग गरिने जिरा स्वास्थ्यका लागि उपयोगी हुन्छ । शरीरलाई स्वस्थ राख्न र मोटोपन घटाउन राम्रो मानिन्छ । बिहानै जिरा पानीमा पिएमा निकै चमत्कारिक परिवर्तन महसुस गर्न सकिन्छ ।

एक गिलास पानीमा दुई चम्चा जिरा राखेर त्यसलाई १० मिनेटसम्म उमाल्नुहोस्, त्यसपछि आँचबाट निकालेर यसलाई चिसो पार्नुहोस् । तौल कम गर्न धेरैलाई जिममा जान मन पर्दैन । यस्ता मानिसहरूका लागि सबैभन्दा प्रभावकारी उपाय जिरा पानी नै हो ।

जिराको पानीमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ र यो पाचन क्रियाका लागि पनि निकै लाभदायक हुन्छ । यसले पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाहेक यसले झाडा बान्ता, मर्निङ सिकनेस, ग्यास र कब्जियतबाट राहत दिन्छ । जिराको पानीले शरीरमा इन्जाइम बनाउँछ जुन कार्बोहाइड्रेट, फ्याट र ग्लुकोजलाई तोडेर पाचन क्रियामा सहयोग पुर्‍याउँछ ।

जिरामा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरमा जम्मा भइरहेको विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । यसले शरीरको आन्तरिक अङ्गलाई उत्कृष्ट तरिकाले काम गर्न उत्प्रेरणा दिन्छ ।

थोरै जिरालाई रातभरि पानीमा भिजाएर राख्नुहोस् र भोलिपल्ट खाली पेटमा पिउँदा कलेजामा बाइल प्रोडक्सन बढ्ने गर्छ जसले तपाईँलाई एसिडिटी र ग्यासबाट राहत दिने काम गर्छ ।

जिराको पानी आइरनको राम्रो स्रोत हो । आइरन भएपछि नै रोग प्रतिरोधी क्षमताले राम्रोसँग काम गर्छ । यतिमात्र होइन, जिरा पानीमा भरपुर मात्रामा भिटामिन ए र भिटामिन सी हुन्छ र यी तत्वमा नै एन्टिअक्सिडेन्ट गुण हुन्छ । जिरा पानीलाई दैनिक पिउँदा रोग प्रतिरोधी क्षमताको स्तरमा वृद्धि हुन्छ र तपाईँलाई रोगले कमै छुन्छ ।

यदि तपाईँलाई निद्रा लाग्दैन भने जिराको पानीले तपाईँलाई सहयोग गर्नेछ । जिरा पानी दैनिक पिउँदा तपाईँलाई राम्रोसँग निद्रा लाग्छ ।

जिरापानीमा फाइबर पनि पाइन्छ जसले शरीरको टक्सिन वा अनावश्यक बस्तु बाहिर निकाल्नमा सहयोगी भूमिका निभाउँछ । जिराको पानीले शरीरको आन्तरिक सफाइ हुन्छ । यसले तपाईँको शरीरलाई हाइड्रेट राख्छ जसका कारण तपाईँ फ्रेस महसुस गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?