मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

खाली पेटमा दूध हालेको चिया पिउँदा के हुन्छ?

धेरै नेपालीको दिनको शुरुवात चिया पिएर नै हुन्छ । बिहान उठ्नासाथ चिया पिउँदा हामीले फ्रेस भएको महसूस गर्छौँ । चियामध्ये पनि अझ धेरैले सेवन गर्ने दूध चिया नै हो । नेपालमा त ‘कालो चिया पनि के चिया खाएपछि दूध चिया नै पिउने नि’ भाष्य नै निर्माण भइसकेको छ ।

हामी बिहान खाली पेटमा दूध मिसिएको चिया सेवन गर्दा हानी हुन्छ भन्ने बारेमा पनि जानकार छौँ । तर, चिकित्सकहरूले भने दूध चियाले स्वास्थ्यमा हानी गर्ने बताउँदै आएका छन् ।

यसै सन्दर्भमा खाली पेटमा दूध चिया पिउँदा के हुन्छ ? दूध चिया पिए पनि कति मात्रामा पिउँदा असर गर्दैन ? लगायतका प्रश्नहरुमा केन्द्रित भएर वरिष्ठ पेट रोग विशेषज्ञ डा. विधान निधि पौडेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

बिहान खाली पेटमा दूध चियाको सेवन किन गर्नु हुँदैन ?

बिहान उठ्ने बित्तिकै खाली पेटमा एसिड जम्मा भएर बसेको हुन्छ । यसकारण सोलिड पचाउने खानेकुरा नखाएर चिया खाँदा यसमा क्याफिन हुन्छ । जसले झन एसिड बढाइदिन्छ र ग्यासट्राइटिस बनाउँछ  ।

बिहान उठ्नासाथ एक गिलास मनतातो पानी खानु सबैभन्दा उत्तम हुन्छ । त्यसपछि ब्रेकफास्ट खानु स्वास्थ्यका हिसाबले फाइदाजनक हुन्छ । बिहान उठ्दा चिया पिउन नहुने कारण के हो भने हाम्रो शरीर रातभरिमा शरीर डिहाइड्रेसन भएको हुन्छ ।

बरू बिहान उठेपछि मन तातो पानी पिउँदा शरीरमा पानीको मात्रा पनि पुग्छ । त्यसपछि व्यायाम गर्ने गर्नुपर्छ । बिहानको खाजा कालो चिया, लिफ चीया र अन्य प्रकारका चिया खान सकिन्छ । तर सकेसम्म दूध चियाको सेवन नगर्दा राम्रो हुन्छ ।

बिहान खाली पेटमा चिया पिउनाले पेटको समस्या हुन्छ । चियामा हुने क्याफिनले पेटमा गडबडी उत्पन्न हुन्छ । यसबाहेक एसिडिटी बढ्छ, जसले गर्दा अपच, कब्जियत र पेट दुख्ने समस्या हुन्छ ।

बिहान खाली पेटमा चिया पिउनाले शारीरिक पोषणको मात्रा कम हुन्छ । चियामा पाइने क्याफिनले भोक दबाउँछ । जसले पोषक तत्वको सही सन्तुलन पनि प्रभावित हुन्छ ।

खाली पेटमा दूध मात्र खाँदा त समस्या हुँदैन ? तर त्यही दूधमा चिया मिश्रण गरेर पिउँदा किन पेटमा समस्या हुन्छ ?

दूधले असर नगर्ने तर त्यही दूधको चिया हानिकारक हुने कारण भनेको चियामा चियापत्ति राखिन्छ र यो सेवन गर्दा यसमाथि ‘तर’ जस्तो बसेको लेअरमा निकोटिन हुन्छ । जसले पेटलाई असर गर्छ र चियाले एसिड बनाउन मद्दत गर्छ । यसकारण समस्या हुने हो ।

दिनमा कति कपसम्म दूधको चिया पिउँदा हानी गर्दैन ?

दिनमा ४ देखि ५ कपसम्म चियाको सेवा गर्दा असर गर्दैन । तर दूध चियाभन्दा कालो चिया र ग्रीन टी, लिफ टी आदि सेवन गर्दा राम्रो हुन्छ ।

त्यसो भए खाली पेटमा खानै नहुने कुराहरु के के हुन् त?

बिहान उठ्दा उठ्दै मनतातो पानी पिउने गर्नुहोस् । बिहानको खाजा अनिवार्य गर्दा राम्रो हुन्छ । जसमा रोटी, अण्डा, केही फल मिसाएर खाँदा पनि हुन्छ । त्यसपछि कालो चिया, ग्रीन टी खाँदा असर पर्दैन । तर बिहानै मसालेदार, तारेको, खाना खानुहुँदैन । 

दूधको चियाले ग्यास्ट्रिक गराउँछ भन्छन् कतिको सत्य हो ?

हो दूध चियाको सेवनले ग्यास्ट्रिक निम्त्याउँछ नै । चिया पिउँदा हामीलाई केही समयको लागि आनन्दको महसुस हुन्छ तर यसले एसिडको मात्रा बढाउँछ र ग्यास्ट्रिक सिर्जना गराउँछ ।

कतिपयको चियामा नुन हालेर खाने बानी हुन्छ, यो कतिको स्वस्थकर हुन्छ ?

मानव शरीरका लागि दैनिक ५ ग्राम नुन पर्याप्त हुन्छ । उसै पनि हाम्रो नेपालको सन्दर्भमा कुरा गर्दा एक व्यक्तिले १५ ग्रामसम्म नुनको सेवन गरिरहेको पाइन्छ । हामी दालमा, तरकारीमा, अचार लगायत अन्य खानेकुरामा पनि नुन खाने गर्छौँ । यसकारण अझ हामीले चियामा पनि नुन राखेर खाने गर्‍यौं भने स्वास्थ्यका लागी हानिकारक हुनसक्छ । यसकारण यस्तो गलत बानी हटाउँदा राम्रो हुन्छ ।

दूध चिया कति मात्रामा पिउँदा असर गर्दैन ?

दूध चिया पिएपछि पेट टन्न भएको महसूस हुन्छ । जसले गर्दा खाना रुच्दैन । त्यसैले यति मात्रामा भन्दा पनि थोरै मात्रामा सेवन गर्नु नै उपयुक्त हुन्छ । दूधको चिया स्वास्थ्यका लागि हानिकारक त होइन । तर यसको अत्यधिक सेवन गरेमा यसले स्वास्थ्यलाई हानी गर्न सक्छ । त्यसैले दूधको चिया सधैं थोरै मात्रामा पिउनुपर्छ । यसको विकल्पमा अन्य चियाहरु पिउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?