मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘भाइरल गोर्खे’को छायांकनमा सहभागी भए पत्रकार ऋषि धमला

काठमाडौँ – पत्रकार ऋषि धमला फिल्म ‘भाइरल गोर्खे’को छायांकनमा सहभागी भएका छन् । धमाला लम्जुङस्थित भुजुङमा पुगेर फिल्ममा आइतबार आफ्नो अंशको छायांकनमा सहभागी भएका हुन् ।

उनी फिल्म ‘भाइरल गोर्खे’को शीर्ष मध्ये एक भूमिकामा अनुबन्ध भएकाका हुन् । केही दिनअघि मात्रै निर्माण पक्ष र धमालाबीच कागजी सम्झौता भएको थियो ।

विभिन्न विषयले चर्चामा आइरहने उनी फिल्ममा पनि पत्रकारकै भूमिकामा देखिने छन् । छायांकनका क्रममा खिचिएको उनको तस्बिरबाट पनि उनी पत्रकारकै भूमिकामा रहेको प्रष्ट हुन्छ ।

निर्माण पक्षका अनुसार ‘भाइरल गोर्खे’ कमेडी जनराको फिल्म हो । यस फिल्मको कथा सामाजिक सञ्जालमा भाइरल बन्न जस्तोसुकै हर्कत गर्ने पात्रमा आधारित रहेको निर्माण पक्षले बताएको छ ।

निगम श्रेष्ठको निर्देशन रहने यस फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल, नायिका सृष्टि श्रेष्ठ, कलाकार बुद्धि तामाङ, र लक्ष्मी गिरीको मुख्य भूमिका रहेको छ ।

द जीएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको संयुक्त ब्यानरमा बन्न लागेको यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?