मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘शारदा-गोविन्दमान व्यङ्ग्यचित्र प्रतिभा पुरस्कार–२०८१’ कार्टुनिस्ट बस्ताकोटीलाई

काठमाडौँ– ‘शारदा -गोविन्दमान व्यङ्ग्यचित्र प्रतिभा पुरस्कार–२०८१’ हिमालयन टाइम्समा कार्यरत कार्टुनिस्ट महेश बस्ताकोटीलाई प्रदान गरिएको छ ।

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विश्व कार्टुनिस्ट दिवसका अवसरमा कार्टुनिस्ट क्लबले आयोजना गरेको एक कार्यक्रममा बस्ताकोटीलाई उक्त पुरस्कार अर्पण गरिएको हो ।

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष, वरिष्ठ कार्टुनिस्ट तथा पुरस्कारका संस्थापक अविन श्रेष्ठ, पूर्व परराष्ट्रमन्त्री तथा पत्रकार रमेशनाथ पाण्डे, साहित्यकार एवं प्राध्यापक रामकुमार पाँडे लगायतले बस्ताकोटीलाई कदरपत्र र १० हजार रुपैयाँ नगद राशीसहित सम्मान गरे ।

दिवसकै अवसरमा कार्टुनचित्र क्षेत्रका नयाँ प्रतिभाहरुलाई प्रोत्साहन दिन वरिष्ठ कार्टुनिस्ट श्रेष्ठले आफ्ना दीवंगत आमाबुवाको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन् । यो पुरस्कार हरेक दुई/ दुई वर्षमा कार्टुनिस्ट दिवसका अवसरमा प्रदान गरिनेछ । पुरस्कारले कार्टुन कला क्षेत्रमा आउनेहरुका लागि हौसला प्रदान गर्ने श्रेष्ठको विश्वास छ ।

पुरस्कार ग्रहण गर्दै बस्ताकोटीले अझै कार्टुनचित्र सिर्जना क्षेत्रमा लाग्न थप उत्प्रेणा जिम्मेवारी दिएको सुनाए ।

कार्टुन कलाले आम नागरिक र राज्यबिच सञ्चार र जनमत बनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने बताउँदै परराष्ट्रमन्त्री तथा पत्रकार पाण्डेले आजको दिनमा प्रविधिले यस विधालाई सहज बनाइदिए पनि यसमा चुनौती थपिएको सुनाए ।

उनले भने, ‘यसको प्रभाव अहिले असीमित छ । हिजो सेनाको लडाइँलाई यसले सूचना दिएको थियो, आज गलत सूचनाबीच युद्ध भइरहेको अवस्था छ ।’

आज समयलाई झकझकाउने गरी चुनौती मोलेर अगाडि बढ्न उनले सम्पूर्ण र्काटुनिस्टहरुलाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?