मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

१३ सय ३६ मिटर धागोले रङ्गिदै पाटन सम्पदा क्षेत्र

काठमाडौँ– ललितपुस्थित पाटन दरवार क्षेत्र १३ सय ३६ मिटर मिटर धागोले सजिने भएको छ ।

बिहीवार विश्व सम्पदा दिवसका अवसरमा कलाकार मनिषलाल श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलालाई पाटन दरवार क्षेत्रमा प्रस्तुत गर्न लागेका हुन् ।

समुदाय कला अन्तर्गत ‘हेरिटेज वाक’ मा आफ्नो कलालाई समावेश गर्न लागेको श्रेष्ठले जोय नेपालसँगको कुराकानीका क्रममा सुनाए । ललितपुर चेम्बर अफ कमर्शको सहकार्यमा बिहीवार दिउँसो १ बजेदेख पाटनढोकाबाट कार्यक्रम शुरु हुने श्रेष्ठले बताए ।

उनको ‘प्रोजेक्ट १३३६’ कला २०१७ मा नै तयार भएको हो । यसभन्दा अघि देश तथा विदेशमा श्रेष्ठले यो कला प्रदर्शन गरिसकेका छन् । काठमाडौंमै माइतीघर, बबरमहलस्थित नेपाल आर्ट काउन्सिल, बौद्धस्थित तारागाउँ म्युजियम र बौद्ध सम्पदा क्षेत्रमा समेत कला प्रदर्शन भइसकेका छन् ।

उनको कलाले विशेषत काठमाडौंलाई सम्बोधन गरेको छ । ‘समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौंलाई केन्द्रमा राखेर कलाको अवधारणा बनेको श्रेष्ठले सुनाए ।

उनका अनुसार लामो विविध रङ्गको धागोले काठमाडौंको बहुल समाज, संस्कृति, जाति र सुमदायलाई प्रतिनिधित्व गर्छ । धागोकै माध्यममा विविधतमा एकता र मानवताको अर्थ खोतल्ने प्रयास गरिएको उनले बताए ।

उनले भने, ‘काठमाडौंमा एक किसिमको एकता पाइन्छ । हामी नचिनेको मानिसहरु एकै ठाउँमा मिलेर बसेका छौं । हामी एक अर्कामा जोडिएका छौं भन्ने कुरा मेरो कलाले बताउँछ ।’

चीनको बेइजिङमा समेत उनले पहाडजस्तो माथिबाट लामो डोरीका रुपमा झारेर यो कला प्रदर्शन गरेका थिए । त्यहाँका कलाप्रेमीले समेत कलालाई निकै चाख मानेर अवलोकन गरेको उनले सुनाए ।

देश र भूगोल फरक भएपनि मानवता, नाता, सम्बन्ध र एकता भन्ने कुरा सबै ठाउँमा एकै हुने भएकाले कलाले सबैलाई जोड्ने उनले सुनाए । विश्वमा चलिरहेको आतंक, युद्ध र हराइरहेको मानवतालाई समेत आफ्नो कलाको अवधारणाले छुने उनको मत छ ।

विश्व सम्पदामा गरिने कला प्रदर्शनीमार्फत् कला, सम्पदा र कलाकारलाई जोड्नुका साथै कलाप्रेमीहरुलाई एकैसाथमा ल्याउने उनको विश्वास छ ।

खासमा उनलाई यसरी नै देश तथा देश बाहिरका सबै सम्पदाहरुमा गएर आफ्नो कला प्रदर्शन गर्न इच्छा छ । यसलाई उनले कला प्रर्दशनीकै योजनामा समेटेर राखेका छन् ।

ललितपुर क्षेत्रभित्रको मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवद्र्धन र प्रचारका लागि कला प्रदर्शनी गरिएको ललितपुर वाणिज्य संघका कार्यकारी सदस्य तथा पर्यटन संस्कृति तथा सम्पदा संयोजक महेश्वरलाल खाेसीले सुनाए ।

प्रदर्शनीमा ललितपुर महानगरपालिका, संघ लगायतका संस्थाले सहकार्य गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?