मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘राष्ट्रिय कविता महोत्सव–२०८१’को लागि कविता आह्वान

काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८१’को लागि कविता पठाउन आह्वान गरेको छ ।

प्रतिष्ठानले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको ६७ औं वार्षिकोत्सवको अवसरमा हुने कविता महोत्सवका लागि कविता माग गरिएको हो ।

कविता महोत्सवमा समावेशी सहभागितामूलक र बहुभाषिक हुने भएकाले सबै भाषारमातृ भाषाका कविता मान्य हुने प्रतिष्ठानले जनाएको छ । मातृभाषामा पठाएका कविताको नेपाली अनुवाद भने अनिवार्य हुनुपर्ने बताइएको छ ।

विज्ञप्ति अनुसार कविता पूर्णतः मौलिक तथा राष्ट्रिय कविता महोत्सव–२०८१ सम्पन्न नभएसम्म कुनै पनि छापा तथा विद्युतीय माध्यमबाट प्रकाशित गर्न पाइने छैन ।

साथै, म्याद नाघी आएका तथा तोकिएको मापदण्डविपरीत रहेका कवितालाई महोत्सवको मूल्याङ्कनमा समावेश गरिने छैन । त्यस्तै, कविता पठाउँदा कविहरूले आफ्नो प्रदेशसहितको ठेगाना खुलाई हालसालै खिचिएको एकप्रति पासपोर्ट साइज फोटो र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।

प्राप्त कविताहरूमध्येबाट उत्कृष्ट १० कवितालाई असार ९ गते आयोजना हुने प्रतिष्ठानको वार्षिकोत्सवमा ३० हजार रुपियाँसहित कदरपत्र प्रदान गरिने जनाएको छ ।

कविता जेठ २२ गतेसम्म पठाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?