मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८१ बैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल बैशाख १८ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल ३० तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।

२७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन सामान्य छ। आफन्तसँग मनको कुरा नभन्नु राम्रो हुन्छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा फाइदा, स्वास्थ्यमा लाभ हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। आर्थिक क्षेत्र सबल बन्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको घुमघामले खुशी मिल्नेछ।

मिथुन : आजको दिन सामान्य छ। खर्च बढ्नेछ। भूमि सम्बन्धी हुने कारोबारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ। परिवारको माया र साथ निरन्तर रहनेछ।

कर्कट : दिन राम्रो छ। मनमा नयाँनयाँ भाव सिर्जना हुनेछन्। आर्थिक क्षेत्रमा आइपरेका योजनाको सदुपयोग गर्नु राम्रो हुन्छ। साथीको साथ मिल्नेछ। विदेशमा लगानी नगर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दैनिकी राम्रो छ। तपाईंको बोलीबाट धेरैजना प्रभावित हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारका सदस्यको नमिठो बोली सुन्नुपर्ने जोखिम रहेको छ।

कन्या : दिन राम्रो छ। शिक्षा क्षेत्रमा प्राप्त नतिजाले हौसला बढाउने छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक काममा विवाद हुने देखिन्छ। परिवारसँगको सम्बन्धमा खटपट हुने जोखिम छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ।

तुला : आज तपाईंलाई शनिदेवको छाया योग छ। डर, त्रास र झुटो आरोप लगाउने व्यक्ति सक्रिय छन्। अचानक ठुलो उपलब्धि प्राप्त हुनसक्छ। परिवारमा मेलमिलाप रहनेछ।

वृश्चिक : दैनिकी राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। भूमि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। परिवारसँग टकराब हुने भएकाले थोरै बोलेर जित्नुपर्ने दिन छ।

धनु : दिन सामान्य छ। बोल्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा विरोधका आवाज सुन्नुपर्ने हुनसक्छ। पेटको समस्याले सताउने जोखिम रहेको छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

मकर : समय राम्रो छ। चन्द्रमा सकारात्मक छन्। धेरै साथीले प्रशंसा गर्ने छन्। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा कुरो बुझाबुझ नहुँदा खटपटी हुनसक्छ। कम बोल्नु फाइदा हुन्छ।

कुम्भ : दिन सामान्य छ। ठुलो लगानीमा हात नहाल्नु राम्रो हुन्छ। चुपचाप आक्रमण गर्ने साथी धेरै भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

मीन : दिन राम्रो छ। शुभचिन्तकको सल्लाह बमोजिम काम गर्नु राम्रो हुन्छ। मेलमिलाप नै आजको लागि फाइदाजनक हुनेछ। खर्च बढ्ने भएकाले लगानी गर्दा सचेत हुनुपर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?