मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गाईको मासुसहित काभ्रेबाट तीन जना पक्राउ

काभ्रे– नगरपालिका-१२ ठूलीचौरस्थित ठुलीचौर जङ्गलमा गाईको हत्या गरी बोरामा मासु ल्याउँदै गरेको अवस्थामा तीन जना पक्राउ परेका छन्।

गाईको हत्या गरी नमोबुद्ध ११ तर्फ जाँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी जिल्ला प्रहरी कार्यालयको टोलीले बोरामा पोको पारी राखेको मासुसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

डिएसपी राजकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नम्बर ११ जिमिरेका ५६वर्षीय ईन्द्र बहादुर तामाङ, चिल्लेका ३५ वर्षीय शान्ता लामा र झापा घर भई हाल काभ्रे डाँडा कटेरी माइती घर बस्दै आएकी ३६ वर्षीय ठुलीमाया तामाङ रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?