मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वैशाख २४ गते बागमती प्रदेशभर सार्वजनिक विदा

काठमाडौँ– वैशाख २४ गते बागमती प्रदेशभर सार्वजनिक विदा हुने भएको छ । बागमती प्रदेशमा इतिहासमै पहिलो पटक सरकारी कामकाजी भाषामा तामाङ र नेपाल भाषा प्रयोगमा आउने दिनलाई उत्सवका रुपमा मनाउन सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारको मन्त्रि परिषदको वैशाख १२ गते बसेको बैठकले गरेको थियो ।

यही वैशाख २४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले वसन्तपुरबाट भाषा कार्यान्वयनमा भएको घोषणा गर्नेछन् । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्रचार्यका अनुसार प्रधानमन्त्री दाहालले बिहान ९ बजे वसन्तपुरमा कार्यान्वयन घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

सरकारी कामकाजमा आफ्नो मातृभाषा कार्यान्वयनमा भएकोे दिनलाई तामाङ र नेवाः समुदायले उत्सवको रुपमा मनाउने तयारी समेत गरेको छ ।

मन्त्री बज्रचार्यको संयोजकत्वमा समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघसंस्थाहरु र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुकाहरु छन् ।

सरकारका अनुसार बैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा(रन्जना)मा लेखिएका राखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?