मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिनेमा

कस्तो छ फिल्म ‘पुजार सार्की’ मा समावेश ‘रिमै’ गीत? (भिडियो)

काठमाडौँ– मल्टिस्टारर फिल्म ‘पूजार सार्की’ मा समावेश ‘रिमै’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत आज (मङ्गलवार) युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

लोकशैलीमा आधारित रहेको यो गीतलाई फिल्मी शैलीमा नै प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा आर्यन सिग्देल, अञ्जना बराइली, प्रदीप खड्का, पल शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसअघि निर्माण टिमले कौडा भाकाको गीत सार्वजनिक गरेको थियो । सो गीतले समेत दर्शकको राम्रो साथ पाएको थियो ।

यतिबेला सार्वजनिक गरिएको ‘रिमै’ गीतमा देवेन्द्र बराल र मुना थातलको आवाज रहेको छ भने सुवास भुसालको संगीत रहेको छ ।

‘पूजार सार्की’ को कुरा गर्नुपर्दा यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । सुवास भुसालको निर्माण रहेको फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।

४० वर्षअघिको नेपालको ग्रामीण भेगको कथा समावेश गरिएको यो फिल्म पोस्टर र गीत रिलिजपछि चर्चामा छ । जातीय विभेदको कथा समेटिएको ’पुजार सार्की’ यही जेठ १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?