मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किशोर किशोरीहरूमा अनुहारको कपाल छिटो किन बढ्छ ?

काठमाडाैँ – किशोरावस्थामा, केटा होस् या केटी सबैको हर्मोनमा परिवर्तन हुन्छ। यो उमेरमा केटाहरुको दाह्री बढ्न थाल्छ र केटीहरुको शरीरमा पनि धेरै परिवर्तन आउन थाल्छ । केटीहरूको अनुहारमा हल्का कपाल हुनु सामान्य कुरा हो, तर कहिलेकाहीँ यी कपाल धेरै बाक्लो र कालो हुन्छन्।

केटीहरूको माथिल्लो ओठ र चिनमा धेरै कपाल हुन्छ। यो शरीरमा हार्मोनल परिवर्तन र अन्य धेरै कारणले हुन सक्छ। आउनुस् डाक्टरबाट थाहा पाउनुहोस् यस्तो हुनुको कारण के हो ।

महिलाको शरीरमा कपाल धेरै बढ्नुको कारण कहिलेकाहीँ आनुवंशिक हुन्छ । यदि परिवारमा कसैको कपाल धेरै छ भने यो हुन सक्छ। यस बाहेक अरु पनि धेरै कारण हुन सक्छन् ।

Polycystic Ovary Syndrome (PCOS) – यसलाई PCOS भनिन्छ जसमा डिम्बाशयमा सुन्निने कारण हर्मोनल सन्तुलन बिग्रन्छ। यस्तो अवस्थामा महिलाको अनुहारमा कालो र बाक्लो कपाल बढ्छ । महिनावारी नहुनु, तौल बढ्नु र कपाल छिटो झर्नु यसका लक्षण हुन् ।

पुरुष हर्मोनको बृद्धि – धेरै पटक शरीरमा हर्मोनल परिवर्तन भइरहेका बेला पुरुष हर्मोन ‘टेस्टोस्टेरोन’ शरीरमा बढ्न थाल्छ । यस्तो अवस्थामा अनुहार र शरीरका अन्य भागमा बढी कपाल बढ्न थाल्छ । यो हर्मोनका कारण कहिलेकाहीँ महिलाको आवाज पनि भारी हुन थाल्छ ।

इन्जाइममा गडबडी– धेरै पटक महिलाको शरीरमा आवश्यक इन्जाइमको कमी हुन थाल्छ। यस्तो अवस्थामा शरीरमा पुरुष हर्मोन बढ्छ । जसका कारण महिलाको छालामा अनावश्यक कपाल बढ्न थाल्छ ।

औषधिहरूमा प्रतिक्रिया – केही औषधिहरूले पनि प्रतिक्रिया दिन्छ। स्टेरोइड, ग्लुकोकोर्टिकोइड्स र मिनोक्सिडिलको साइड इफेक्टको रूपमा, छालामा कपाल छिटो बढ्न थाल्छ। हार्मोनल थेरापी लिइरहेका महिलाहरूलाई पनि अनुहारको कपाल बढ्ने समस्या हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?