मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भान्सामै भेटिन्छन् यति धेरै औषधि 

हामीले भान्सामा मसलाका रूपमा प्रयोग गर्ने धेरै कुराले औषधिसरह काम गर्छन् । जुन कुरा निकै कमलाई जानकारी हुन्छ । जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन्। यसकारण आज हामी कुन मसला कुन रोगका लागि लाभदायी हुन्छ त भन्ने विषयमा जानकारी गराउन गइरहेका हुन्छौ ।

ज्वानो

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारी आदिमा बढी गरिए पनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाइन्छ । बच्चा र आमा दुवैको स्वास्थ्यको लागि परापूर्व कालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो ।

एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले फाइदा गर्छ । 

सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र  दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ । यसले पाचन शक्ति बढाउँछ, हानिकारक जीवाणु नाश गर्छ, वायु विकार हटाउँछ । गर्मी, सर्दी दुवै मौसममा अनुकूल ज्वानोले फाइदा गर्छ। पेट दुखाइ कम गर्न, पेटका कृमिहरू नाश गर्न र पाठेघर सबल पार्न ज्वानोको प्रयोग फाइदा जनक छ । 

लसुन

लसुनलाई खाना स्वादिष्ट बनाउने मसला  मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छ लसुनसँग । एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ ।

लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ । यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ ।पेटका रोग जस्तै डाइरियाका लागि यसको प्रयोग असाध्यै प्रभावकारी ठानिएको छ ।

त्यसैगरी प्राचन प्रक्रियालाई यसले सघाउँछ । आत्तिने वा तनावबाट सिर्जना हुने एसिडिटी कन्ट्रोल गर्न पनि काम आउँछ । लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ। यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ।

खुर्सानी

स्वर बन्द भएमा र गला बसेमा तीन वटा खुर्सानी एउटा कागती, बदाम, तीन ग्राम मिस्री र बबुरको गुँद पिध्नु र गोली बनाएर दिनमा दुई-दुई पटक गोली मुखमा राखी चुस्नुपर्छ । बसेको स्वर खुल्छ । 

पुदिना

पुदिना प्रायः चटनी वा अचारको रूपमा खाने गरिन्छ । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा पाइन्छ  । चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रूपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ ।

दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५-६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाइदा हुन्छ ।

पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ । पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । 

अदुवा

अदुवामा पनि एक प्रकारको गन्धरहित तेल हुन्छ । त्यसैले अदुवा चपाएर राख्दा पनि मुखबाट कुनै गन्ध आउँदैन। अदुवालाई ताजा र सुकाएर प्रयोग गर्न सकिन्छ । सुकाएको अदुवालाई सुठो भनिन्छ । जाडोमा अदुवाको काँढा बनाएर खाने चलन छ ।

रुघाखोकी, घाटी दुख्दाको बेलामा अदुवाको टुक्रालाई सफा गरेर पोलेर मुखमा राखिराख्दा घाटीबाट हुने दुखाइ धेरै नै कम हुन्छ ।

गर्भावस्थाको सुरुसुरुको एक टुक्रा अदुवा मुखमा हालेर रस निलिरहँदा वाकवाकी हुने समस्या धेरै कम हुन्छ । अपच भएको बेलामा अदुवाको स–साना टुक्रालाई बिरेनूनसंग मिसाएर खानाले अपचको समस्या कम हुन्छ । 

हिङ

यसले खानाको स्वाद र सुगन्ध बढाउने मात्र नभई विभिन्न रोगबाट पनि बचाउँछ । यसले पाचन क्रिया मजबुत बनाउँछ । श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउँछ । रुघाखोकी लाग्नबाट बचाउँछ। तातो पानीमा राखेर हिङ खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ । पेट दुख्दा तातो पानीसँग हिङ खाँदा दुखाई कम हुन्छ ।

दाँत दुखेमा हिङ खाँदा राहत मिल्छ । दुखाई भएको ठाउँमा हिङको लेप लगाउँदा दुखाई कम हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । दाद, लुतो भएको ठाउँमा  हिङको लेप लगाउँदा औषधिको काम गर्छ। कब्जियत भएमा तातो पानी र हिङ खाँदा फाइदा हुन्छ ।

गोलभेँडा

नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेँडा । पाकेको गोलभेँडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ ।

गोलभेँडा गुलियो, अमिलो, पाचक, शक्तिबद्र्धक र रुचिबद्र्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ । यसमा लौह तत्त्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ । गोलभेँडामा क्याल्सियम, चना, गन्धक, साइट्रिक एसिडलगायतका तत्व पाइन्छ ।

गोलभेँडा भिटामिनको भण्डार हुन्छ । गोलभेँडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ, रक्त विकारबाट मुक्ति मिल्छ, सुख्खा, एक्जिमाजस्ता रोगमा रामवाण मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?