मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेनकिलर बनाउँदा बनेको कोकाकोला !

काठमाडौँ – अमेरिकाको चर्चित सफ्ट ड्रिङ्क निर्माता कम्पनी ‘कोका कोला’को इतिहास धेरै पुरानो छ। जर्जियाको एटलान्टाबाट सुरु भएर आज संसार भरि नै आफ्नो कारोबारलाई फैलाउन सफल भएको यसको असामान्य इतिहासको गाथा पनि छ। 

हुन पनि कोका कोलाले दुनिया भरीकै सफ्ट ड्रिङ्क बजारमा खास स्वादको साथसाथै आफ्नो छुट्टै पहिचान पनि बनाएको छ। आखिरी कसरी बनेको थियो त यो पेय पदार्थ ?

गृहयुद्धमा नराम्रोसंग चोटको सामना गरेका औषधि विज्ञ जोन पेम्बर्टन दुखाई कम गर्ने औषधि ‘पेनकिलर’ बनाउने प्रयासमा लागेका थिए। पीडाबाट मुक्ति पाउन अफिममा आधारित मर्फिनको सहारा लिनु पर्ने बाध्यतामा रहेका उनी अफिम नभएको वैकल्पिक पेनकिलर बनाउन चाहन्थे।

यसकौ उपज उनले पहिलो उत्पादन तयार पारे, जसलाई उनले भने, पेम्बर्टनको फ्रेन्च वाइन कोका। जसमा कोका वनस्पतिको कोकाइनयुक्त पात तथा शरीरलाई स्फूर्ति प्रदान गर्ने केफिनयुक्त कोला नटसँगै अल्कोहल थियो। 

पेम्बर्टनले बनाएको फ्रेन्च वाइन लोकप्रिय भयो तर जब उनको गृहराज्य जर्जियामा मुख्यगरी अल्कोहलमाथि प्रतिबन्ध लगाउने  ‘टेम्परन्स मुभमेन्ट’ चर्कियो यसले अल्कोहलरहित विकल्प विकास गर्नुपर्ने बाध्यतामा उनी परे ।

फलतः उनले वाइनलाई ‘सुगर सिरप’ले प्रतिस्थापित गरे तथा आफूले तयार पारेको मिश्रणमा गल्तीले कार्बोनेटेड पानी मिसाइदिए। त्यसलाई चाखेपछि पेम्बर्टनले आफूले तयार पारेको पेय पदार्थलाई औषधि प्रयोजनका लागि होइन कि ‘फाउन्टेन ड्रिङ्क’ का रूपमा बिक्री वितरण गर्ने निर्णय लिए ।

 किनभने नयाँ पेय पदार्थले शरीरलाई गजबको स्फूर्ति दिन्थ्यो। उनले त्यसको नाम राखे– कोकाकोला। कोकाकोला राख्नुको कारण के थियो भने त्यसमा सुरुमा पेय पदार्थ बनाउँदा प्रयोग गरिएका अवयवलाई निरन्तरता दिइएको थियो। 

यसरी पेनकिलरको विकल्प खोज्दा बनेको कोकाकोलाका आविष्कारक पेम्बर्टन भने कोकाकोला आविष्कार गरेको दुई वर्षमै गरिब अवस्थामा उनले अन्तिम सास लिए। त्यति बेलासम्म उनले आफ्ना सेयर आफ्नो व्यापारिक साझेदार एसा ग्रिग्स क्यान्डलरलाई बेचिसकेका थिए र उनले कोकाकोलालाई अमेरिकाको सर्वाधिक सफल कम्पनी बनाइदिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?