काठमाडौँ – काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । दोस्रो सेमिफाइनलमा आज भारत र बङ्गलादेश भिड्दै छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ ।
यस खेलको विजेताले फाइनलमा नेपालसँग खेल्ने छ । नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । फाइनल खेल बुधबार हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया