मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न्यूजील्याण्डविरुद्ध भारत ४६ रनमा अल आउट

काठमाडौँ – न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिंग कोल्याप्स भएको छ । बर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरि शुरु भएको यस टेस्टमा भारत पहिलो इनिंगमा करबल ४६ रनमा अल आउट भएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको भारत ४६ रनमा अल आउट हुदै टेस्ट क्रिकेटको इतिहासमा अहिलेसम्मको तेस्रो कम टोटलमा अल आउट भएको छ ।

यस अघि भारत२०२० मा अस्ट्रेलियाविरुद्ध ३६ रनमा अल आउट भएको थियो भने १९७४ मा इङल्याण्डविरुद्ध ४२ रनमा अल आउट भएको थियो । यी दुवै टेस्टको तेस्रो इनिंगमा कम रन बनेको थियो भने पहिलो इनिंगमा कम रन बनेको यो नै पहिलो पटक हो ।

यस खेलमा ऋषव पन्तले सर्बाधिक २० रन बनाएका थिए भने यशश्वी जैसवाल १३, कप्तान रोहित शर्मा २, विराट कोहली, सरफराज खान, केएल राहुल, रविन्द्र जडेजा र आर आश्विन शुन्यमा आउट भएका थिए । त्यस्तै कुलदीप यादव २, जसप्रित बुमराह १ र मोहमद सिराजले ४ रन बनाएका थिए ।

भारतको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा न्यूजील्याण्डका म्याट हेनरीले ५ विकेट लिए भने विलियम पिटरले ४ विकेट तथा टिम साउथीले एक विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?