काठमाडौँ– नेपालका चर्चित तीन गायिकाहरु र एक मोडल एकैसाथ अमेरिका उडेका छन् । अमेरिका हुने सांगीतिक टुरका लागि गायिकाहरू शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र मोडल करिष्मा ढकाल एकसाथ सोमबार बेलुका उडेका हुन्।
अमेरिकाामा उनीहरको बसाई करिब दुई महिनाको हुने छ । हरितालिका तीजलाइ लक्षित गरी अमेरिकामा आयोजित ‘अब नाच्छ अमेरिका’ सांगीतिक टुरका लागि त्यसतर्फ लागेका हुन्। कार्यक्रम अमेरिकाको धेरै राज्यमा आयोजना हुने जनाइएको छ ।
यो टुरमा गायिका शान्तिश्री, रचना र ज्योतिले चर्चित गीतमार्फत दर्शक नचाउनेछन्। मोडल करिष्माको नृत्य प्रस्तुति रहनेछ।
अमेरिकामा रहेका नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । बोस्टन सहरबाट अगस्ट १० मा सुरु हुने टुर सेप्टेम्बर २९ सम्मको लागि हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया