मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘विश्वभर २ अर्ब ३३ करोड मानिस नियमित र पर्याप्त खानाका लागि संघर्ष गर्दै’

काठमाडौँ- विश्वका ११ मध्ये एक जना भोकसँग संघर्ष गरिरहेको पाइएको छ । सन् २०२३ को तथ्यांकअनुसार विश्वभर ७३.३ करोड मानिसले पर्याप्त खाना पाउन सकेका छैनन् । २०१९ को तुलनामा तिनीहरूको संख्या १५.२ करोडले बढेको छ ।

भोकमरीको मामिलामा अफ्रिकाको अवस्था भने अझ खराब छ । अफ्रिकामा पाँचमध्ये एक जनाले खानाको समस्या सामना गर्दछ ।

विश्वमा खाद्य सुरक्षा र पोषणको अवस्थाबारे हालै सार्वजनिक गरिएको प्रतिवेदनमा यो जानकारी आएको हो । प्रतिवेदनका अनुसार विश्वभर २ अर्ब ३३ करोड मानिसलाई नियमित रूपमा पर्याप्त खाना पाउन संघर्ष गर्नुपरेको छ ।

विश्वव्यापी खाद्य असुरक्षा अझै पनि प्रि-कोभिड स्तर भन्दा उच्च छ । योसँगै विश्व पोषणका हिसाबले १५ वर्ष पछाडि गएको छ र कुपोषणको स्तर २००८–०९ को स्तरमा पुगेको छ ।

‘द स्टेट अफ फूड सेक्युरिटी एन्ड न्यूट्रिशन इन द वर्ल्ड २०२४’ प्रतिवेदन संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा प्रकाशित गरेको हो ।

वर्तमान अवस्था यस्तै रहेमा सन् २०३० सम्म करिब ५८ करोड २० लाख मानिस दीर्घकालीन कुपोषणबाट ग्रस्त हुने प्रतिवेदनले चेतावनी दिएको छ । यो अवस्था अफ्रिकाका लागि झन् चिन्ताजनक छ, किनभने यीमध्ये आधा मानिस अफ्रिकी महादेशका हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?