मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार रूपैयाँले घटेर दुई लाख ९० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला पाँच हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ८० रूपैयाँमा किनबेच भइरहेको छ। आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?