सुनसरी– ईटहरी उपमहानगरपालिका–८ गोईसारमा अविरल वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी बस्तीमा पसेको छ ।
बस्तीमा खोला पसेपछि जोखिम रहेका घरपरिवारलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको टोलीले सुरक्षित स्थानमा स्थान्तरण गरेको छ ।
लगातारको बर्षाले खोलाहरुको बहाव बढेकाले किनारमा रहेका स्थानीयलाई सुरक्षित र सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया