काठमाडौँ– धान रोपाइँ उत्सव पारेर पहिलो एग्रिकल्चर गेम रियालिटी शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगिताको आवेदन खुला गरिएको छ ।
कार्यक्रममा तीन वटै सरकारहरूसँग साझेदारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयर त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लगायतसँग साझेदारी भएको छ।
हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको होस्ट महानायक राजेश हमाल रहेका छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन्, जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ । निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा। योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा। नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन्।
‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया