मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नदीमा बाढी आएपछि मेलम्ची खानेपानी बन्द

काठमाडौं– मेलम्ची नदीमा बाढी आएपछि काठमाडौँ आउँने खानेपानी आयोजनाको मुख्य द्वार बन्द गरिएको छ। मेलम्ची नदी धमिलिन थालेपछि सोमबार साँझदेखि पानी आपूर्ति बन्द गरिएको हो ।

माथिल्लो तटीय क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्‍याएको थियो । साथै आयोजनासम्म जाने पुल बगाएपछि सुरक्षित गर्न आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा बन्द गरिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?