मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज यी स्थानमा भारी वर्षाको सम्भावना, सचेत रहन महाशाखाको अनुरोध

काठमाडोैँ– हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायु देशभर फैलिएसँगै अहिले बिहान कोशी, मधेस, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

गत जेठ २८ गतेदेखि नेपालमा प्रवेश गरेको मनसुन सोमबार देशभर फैलिसकेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको बुलेटिनका अनुसार वायु देशभर फैलिएको छ।

पछिल्लो एक घन्टाको अवधिमा सुनसरीको सप्तकोशीमा ४१ दशमलव६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै रुपन्देहीमा ३५ दशमलव ६, दाङको कोइलाबासमा २७ दशमलव ८ मिलिमिटर पानी परेको छ। पछिल्लो २४ घन्टामा सुनसरीको सप्तकोशीमा १३४ दशमलव ८, कास्कीको चोम्रोङमा ८२ दशमलव ८, म्याग्दीको तातोपानीमा ८१ दशमलव ६ मिलिमिटर वर्षात् भएको छ। त्यस्तै कैलालीको बलियामा ६२ दशमलव ८ मिलिमिटर पानी परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?