मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डोटी बडिकेदारकी निरुता कृतिम खुट्टा पाएपछि खुशी

काठमाडौँ – डोटी बडिकेदार गाउँपालिका-५ की २० वर्षीया निरुता थापाले कृतिम खुट्टा पाएकी छिन्। केही वर्षपहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उनको देब्रे खुट्टा भाँचिएको थियो । उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उनी वैशाखीको सहारामा हिँड्डुल गर्दै आएकी थिइन् ।

“रूखबाट लडेर श्रीमतीको खुट्टा काट्नु परेको थियो । उनी वैशाखीको सहारामा हिँड्डुल गर्थिन्, डोटीका सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेको अग्रसरतामा काठमाडौँको गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालले कृतिम खुट्टा सहयोग गरेको हो”, निरुताका श्रीमान् मोहन थापाले भने ।

कृतिम खुट्टा पाएपछि हिँड्डल गर्न सहज भएको निरुता थापाले बताइन् । सांसद आलेले कृतिम खुट्टा लगाउनका लागि मारवाडी सेवा समितिसमक्ष पहल गरेको उनको भनाइ छ । साथै निरुतालाई डोटीदेखि काठमाडौँ आउँदा, जाँदा तथा यहाँ बसोबासको सम्पूर्ण खर्च समेत सांसद आलेले बेहोरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

आज खुट्टा पाएपछि निरुता तथा उनको परिवारका सदस्य खुसी भएका छन् । पशुपति गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालको ‘कृतिम अङ्ग कार्यशाला’ले कृतिमा खुट्टा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?