मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्लान वंशको थातथलो नाम्सापुरानलाई सङ्ग्रहालय बनाउने मन्त्री तामाङको घोषणा

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरानलाई सांस्कृतिक सङ्ग्रहालय बनाउने घोषणा गरेका छन् ।

ग्लान वंशको थातथलो नाम्सापुरानमा ‘ग्लान समाज नेपाल’ले शनिवार गरेको कार्यक्रममा मन्त्री तामाङ अवलोकन गर्न त्यहाँ पुगेका थिए । नाम्सापुरान मन्त्री तामाङको आफ्नै वंशको थातथलो पनि हो ।

सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक रुपमा समेत महत्वपूर्ण स्थलका रुपमा रहेको नाम्सापुरानलाई सङ्ग्रहालय बनाउन यो वर्षको बजेटमार्फत ग्लान समाजको संयोजनमा ‘ग्लान उद्गमथलो ङारदिम संरक्षण तथा प्रवर्धन केन्द्र’ शीर्षकमा ९० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिएको छ ।

बागमती जिल्ला समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित ग्लान, नेपाल तामाङ घेदुङ बाग्मतीका अध्यक्ष लिला कुमार ग्लान, बागमती प्रदेश पूर्व सांसद ओमबहादुर ग्लान, गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापा लगायतकाले ग्लानको आफ्नै थातथलो र संस्कृति जोगाउन संरक्षणको टड्कारो आवश्यकता देखिएको धारणा राखे ।

तामाङ जातिको ग्लान थरको थातथलो (बाब्सा) मा उनीहरूले कुल पूजा गर्दा कुदाप(चुल्हो)मा पकवान गरेर प्रसाद खाने चलन रहेको स्थानीयहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?