मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टुसा उम्रिएको अन्न कति फाइदाजनक ?

काठमाडौँ – नेपाली समाजमा गेडागुडी उमारेर खाने प्रचलन नै छ ।

यसैका लागि छुट्दै ‘क्वाँटी पूर्णिमा’ भन्ने पर्व नै हुँदा गेडागुडी र अन्नलाई भिजाएर टुसा उम्रेपछि प्रयोगमा ल्याउँदा सामान्य अन्नको भन्दा दोब्बर मात्रामा पोषण पाइने पोषणविद्हरू बताउँछन् । 

यस्ता अन्न पचाउन सजिलो हुने, अङ्कुरण भएपछि फाइबरको मात्रा दोब्बर बढ्ने, भिटामिन र एन्टिअक्सिडेन्टको मात्रा बढी हुने हुँदा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

टुसा उम्रेका गेडागुडीले भिन्न मात्रामा भिटामिन, खनिज र क्यारोटिनोड पाइन्छ । साथै, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, भिटामिन ए, सी, के र विभिन्न किसिमका पोलिफिनहरूका साथै प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ ।

टुसा पलाएका खानेकुराहरू पोलिफेनल एन्टिअक्सिडेन्टका राम्रा स्रोतहरू हुन् । जुन मुटुका लागि फाइदाजनक तत्व हो । यसको अर्थ यस्ता खानेकुरामा एलडिएल अर्थात् खराब कोलेस्ट्रोल हटाउन र अन्य मुटुलाई असर पार्ने तत्त्वहरूको मात्रा कम गर्ने क्षमता हुन्छ ।

त्यस्तै शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्न टुसा उम्रेका अन्न निकै प्रभावकारी हुन्छन् । टुसा पलाएका खानेकुरामा भिटामिन, आइरन र अन्य पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइने हुँदा थोरै सेवनले पनि स्वस्थ रहन मद्दत गर्छ । जसले खानाको दर पनि घटाउने हुँदा तौल व्यवस्थापन गर्न सजिलो हुन्छ । 

यसमा उपलब्ध हुने पोलिफेनल एन्टिअक्सिडेन्टले अल्जाइमरजस्ता रोगको जोखिमलाई कम गर्छ । शरीरमा विभिन्न कारणले हुने न्युरोडिजेनेरेटिभ डिसअर्डर अर्थात् स्नायुमा हुने क्षति कम गर्छ । 

यतिमात्र नभएर अन्तर्राष्ट्रिय जर्नल फुडसाइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित एक अध्ययनअनुसार मेथीको माइक्रोग्रेन्समा एन्टिडायबेटिज गुण पाइन्छ ।

मेथीको टुसा सेवन गर्दा रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सकिन्छ । जसले टाइप २ मधुमेहको जोखिम कम गर्छ ।

त्यस्तै सन्तुलित रूपमा माइक्रोग्रेन्सको सेवनले पेटमा हुने क्यान्सरको जोखिम घटाउँछ । पोषणविद्को सल्लाहमा नियमित मात्रा मिलाएर टुसा पलाएका खानेकुरा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?