मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा

काठमाडौ- बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए ।

उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दूध बिक्री वितरण हुने गरेको छ । “भारतीय दूध बिना रोकतोक आएपछि नेपाली दूधको बजारमा असर परेको छ । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेका छन्”, अध्यक्ष भण्डारीले भने, “हरेक दिन ठूलो परिमाणमा भारतीय दूध आएर नेपाली किसानको व्यवसायलाई धाराशायी बनाएको छ ।”

पछिल्लो दिनमा भारतबाट भित्रिने दूधको ‘रेकर्ड’ नै छैन । पशु क्वारेन्टाइन र नेपालगञ्ज भन्सार कार्यालयले तथ्याङ्क नराखेको उनको गुनासो छ ।

भारतीय दूधलाई भन्सार लगाउन सकेमा मात्र नेपाली किसानले प्रतिस्पर्धा गर्नसक्ने उनको भनाइ छ । भारतबाट भित्रिएको दूध सस्तो दरमा बिक्री वितरण हुन थालेपछि स्थानीय किसानकोे दूधले बजार पाउन नसकेको डुडुवा गाउँपालिका–५ कम्दीका अगुवा सूर्यलाल यादवले बताए ।

“कम्दीका किसानको मुख्य आयस्रोत दूध बिक्री हो । यहाँका प्रत्येक घरबाट दूध बेच्ने गरिएको छ”, उनले भने, “कम्दी गाउँमा मात्रै करिब दुई हजार भैँसीपालन गरिएको छ । तर पछिल्लो समय दूध बिक्री वितरण नहुँदा समस्या भएको बढ्दै गएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?