मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गण्डकीका १५ सय विपन्न परिवारलाई नयाँ घर

काठमाडौँ- जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५०० सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एक हजार ५०० सय एक घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले सम्झौता भएकामध्ये चार सय ३५ घरको अन्तिम भुक्तानीसहित हस्तान्तरण गर्न बाँकी रहेको बताए । “लागत सहभागिताका लागि लाभग्राही स्वयंले शौचालय बनाउनुपर्ने प्रावधान कार्यविधिमा छ, शौचालय नबनेकाले कतिपयको अन्तिम भुक्तानी रोकिएको छ, अरु प्राविधिक कारणले पनि भुक्तानीमा ढिलाइ भएको हो”, उनले भने, “स्थानीय तहसँग साझेदारी गरेर भए पनि सम्झौता भएका लाभग्राहीलाई छिट्टै घर हस्तान्तरण गर्ने तयारीमा मन्त्रालय छ ।”

सङ्घ सरकारले जनता आवास कार्यक्रमका लागि दिने सर्शत अनुदान चालु आवदेखि रोकिएका कारण पनि कार्यक्रम कार्यान्वयनमा जटिलता थपिएको प्रवक्ता पौडेलको भनाइ छ । सम्झौता भएका सबै लाभग्राहीलाई एकै चरणमा भुक्तानी दिन प्रदेश सरकारसँग बजेटको अभाव रहेको प्रवक्ता पौडेलले बताए ।

गोरखालगायत केही जिल्लामा अन्तिम किस्ता भुक्तानी दिन बाँकी रहेका लाभग्राहीलाई अनुदान उपलब्ध गराउन प्रक्रिया अगाडि बढेको मन्त्रालयले जनाएको छ । दलित, विपन्न, लोपोन्मुख र अति सीमान्तकृत समुदायका लागि सुरक्षित आवास व्यवस्था गर्न सङ्घ सरकारले आव २०६६/०६७ देखि यो कार्यक्रम सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?