मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज २०८२ साल मंसिर १३ गते शनिबारको राशिफल

काठमाडौं। आज २०८२ साल मंसिर १३ गते शनिबार तदनुसार सन् २०२५ नोभेम्बर २९ तारिख। मंसिर शुक्ल पक्षको नवमी तिथी। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : सहयोगीहरूको साथ जुट्नेछ भने कामका बाधाहरू पनि हट्नेछन् । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । सचेत रहनुहोला । भौतिक वस्तु तथा साधन–स्रोत जुटाउन सफल भइनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । व्यापारबाट विशेष लाभ हुनेछ ।

बृष: समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ ।

मिथुन: आजको दिन राम्रो रहन सक्नेछ। विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउनेछ । नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँनयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता राख्न चाहनेहरू आफै कमजोर हुनेछन् ।

कर्कट : मन खिन्न हुनेछ । राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ ।

सिंह: आफन्त तथा अग्रजहरू सँग विवाद हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । माया प्रेममा धोका हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सभा–समारोहमा सहभागी बन्ने मौका छ । समय लागे पनि सम्मानित काम गर्ने समय छ ।

कन्या: कन्या राशिका व्यक्तिहरुको आजको समय राम्रो रहनेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ ।धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ ।

तुला: समय राम्रो रहनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । शुभचिन्चकहरूले साथ दिनेछन् ।

वृश्चिक: मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ । लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।

धनु: जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुदै जानेछन् ।आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ ।, आत्मीयजनबाट धोका पाइनेछ । उद्योग तथा व्यापार सम्बन्धी कामबाट विशेष लाभ हुनेछ ।

मकर: आज समय राम्रो रहनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेकोछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।

कुम्भ: शुभचिन्तकहरूले नयाँ कामतर्फ अग्रसर गराउनेछन् । मिहिनेतीहरूका लागि धेरै कुरा आर्जन गर्ने समय छ । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । कुनै दलालले पैसा ठगिदिने, सम्भावना रहेको छ । ढिलै भए पनि आस मारेको कामले उत्साह जगाउनेछ । नयाँ जिम्मेवारी प्राप्त हुनेछ । मिहिनेतको उपलब्धि प्राप्त हुनेछ ।

मीन : समय राम्रो छ । टाढाबाट नगद प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?