काठमाडौँ– जाडो मौसममा चिसो लाग्नु स्वभाविक हो तर कतिपयलाई अत्याधिक चिसो लाग्छ र पूरै शरिर काँप्न थाल्छ । स्वास्थ्य विज्ञहरुका अनुसार अत्याधिक चिसो लाग्नु सामान्य होइन । यसमा शरीरमा भिटामिन र खनिजको कमी हुन सक्छ । शरीरमा तीन प्रकारका भिटामिनको कमी भएमा मानिसलाई चिसो बढी लाग्छ । शरीरमा भिटामिन ‘डी’, ‘बी’ ‘१२’ र भिटामिन ‘सी’को कमी भएका मानिसहरूलाई चिसो बढी लाग्छ ।
भिटामिन ‘डी’
भिटामिन ‘डी’ले तपाईको हड्डीको लागि मात्र होइन शरीरको तापक्रम सन्तुलनमा पनि मद्दत गर्दछ । शरिरमा भिटामिन ‘डी’को कमी भएमा चिसो बढ्छ ।
भिटामिन ‘बी १२’
शरीरमा भिटामिन ‘बी १२’को कमीले एनिमिया हुन सक्छ । रगत कम भएका कारण शरीरमा अक्सिजन हुँदैन । अक्सिजन नहुँदा शरीरमा चिसो महसूस हुन थाल्छ ।
भिटामिन ‘सी’
भिटामिन ‘सी’ले छालालाई स्वस्थ राख्छ र यसको कमी हुँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा चिसो बढी महसूस हुन्छ र रुघाखोकी जस्ता समस्याले पनि छिटो आक्रमण गर्छ । यदि शरीरमा यी भिटामिनको कमी छ भने च्याउ, दुध–दही, चीज, सिट्रस फलफूल, मासु–माछा जस्ता आहार खानुपर्छ ।
जाडोमा भिटामिन डीको कमी हुने समस्या सबैभन्दा बढी हुने गर्छ किनभने यो मौसममा शरीरमा कम घाम लाग्छ । भिटामिन ‘डी’को मुख्य स्रोत सूर्यको किरण हो । भिटामिन ‘डी’ र ‘बी १२’को कमी हुँदा धेरै चिसो महसुस हुनु, अल्छी लाग्नु, हात खुट्टा झनझन हुनु, चक्कर लाग्नु, हातखुट्टाको हड्डी दुख्ने जस्ता लक्षणहरु देखिन्छन् । त्यस्तै, भिटामिन ‘सी’को कमी हुँदा समान लक्षणहरु देखिन सक्छन् । यसका माछा, मासु, दुध, दहीसँगै कागती, अमला, किबी, ब्रो काउली जस्ता आहारमा सेवन गर्नुपर्छ ।
आइरनको कमी
आइरनको कमीका कारण शरीरमा हेमोग्लोबिनको स्तर घट्छ, जसका कारण शरीरका अंगहरूमा अक्सिजन ठीकसँग पुग्दैन र चिसो महसूस हुन्छ । यस्तो अवस्थामा धेरै चिसो हुनु, हात खुट्टा चिसो हुनु, थकान र कमजोरी समेत महसुस हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया