काठमाडौँ। गर्भावस्थामा महिलाको शरीरमा हर्मोनल परिवर्तनहरू भइरहेका हुन्छन् जसले शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ। यस परिवर्तनको प्रभाव गर्भावस्थापछि पनि केही समयसम्म रहन्छ।
हर्मोनल असन्तुलनले चिन्ता, तनाव, मूड स्विङ्स, कपाल झर्ने, तौल बढ्ने, यौनेच्छा घट्ने, महिनावारीमा अनियमितता, र अनुहारमा रौं आउने जस्ता समस्याहरू उत्पन्न गर्न सक्छ।
हर्मोनल असन्तुलनका लक्षणहरू:
-अनुहारमा रौं आउने: हर्मोन असन्तुलनले अनुहारमा रौंको विकास गर्न सक्छ।
-महिनावारी अनियमित हुने: हर्मोन असन्तुलनले मासिक चक्रमा अनियमितता ल्याउन सक्छ।
-कपाल झर्ने: हर्मोनल परिवर्तनका कारण कपाल झर्न सक्छ।
=तौल बढ्ने: हर्मोन असन्तुलनले शरीरको वजनलाई प्रभावित पार्न सक्छ।
-यौनेच्छा कम हुने: हर्मोनल असन्तुलनले यौन इच्छामा कमी ल्याउन सक्छ।
-मूड स्विङ्स: गर्भावस्थापछि महिलाले अचानाक खुशी र दु:खको अनुभव गर्न सक्छन्।
-चिन्ता र तनाव: हर्मोनल असन्तुलनले मानसिक शान्तिमा असर पुर्याउन सक्छ।
हर्मोनल असन्तुलनको नियन्त्रण गर्ने उपायहरू:
-शरीरमा पर्याप्त पानी पिउनुहोस्: हाइड्रेटेड रहनाले शारीरिक प्रक्रियामा सहारा पुर्याउँछ र हर्मोनल सन्तुलन कायम राख्न मद्दत गर्छ।
-व्यायाम गर्नुहोस्: नियमित व्यायाम र दौडले शारीरिक र मानसिक स्वास्थ्यलाई सुधार गर्न मद्दत पुर्याउँछ।
-भिटामिन र मिनरल्सयुक्त आहार: हर्मोनल सन्तुलनलाई कायम राख्न भिटामिन र मिनरल्सयुक्त खाद्य पदार्थहरू खाने महत्त्वपूर्ण हुन्छ।
-धेरै समय मोबाइल वा कम्प्युटर स्क्रीनमा नबिताउनुहोस्: बढी समय स्क्रिनमा बिथाएर मानसिक असन्तुलनको जोखिम बढ्न सक्छ।
-चिन्ता र तनाव कम गर्नुहोस्: तनाव व्यवस्थापनको लागि ध्यान र मेडिटेशन अभ्यास गर्नुहोस्।
-जंक फूड र मिठाईबाट परहेज गर्नुहोस्: जंक फूड र अत्यधिक मिठाईको सेवनले हर्मोनल असन्तुलनलाई बढावा दिन सक्छ।
-उच्च फाइबरयुक्त खाना: उच्च फाइबरयुक्त खाद्य पदार्थहरूले पाचन प्रणालीलाई सहयोग पुर्याउँछन् र हर्मोनल सन्तुलनमा मद्दत गर्छ।
-सन्तुलित आहार लिनुहोस्: हर्मोनल असन्तुलनलाई सुधार गर्नका लागि ताजै फलफूल र सब्जीहरू खाने आदत बनाउनुहोस्।
हर्मोनल असन्तुलनलाई सही खानपान र जीवनशैलीमा सुधार गरेर नियन्त्रण गर्न सकिन्छ। नियमित व्यायाम, सन्तुलित आहार र मानसिक शान्तिका लागि ध्यान दिने उपायहरू अपनाएर महिलाले यो समस्यालाई सहजै सामना गर्न सक्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया