मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिनावारीमा पेट र ढाड दुख्ने समस्याको उपचार के गर्ने ?

काठमाडाैँ – महिनावारी ( अङ्ग्रेजी: Menstruation) महिला को गर्भाशय बाट योनिमार्ग हुँदै सामान्यतया रगत बग्नु लाई महिनावारी भनिन्छ।यो महिलामा हुने एउटा प्राकृतिक प्रक्रिया हो जुन महिलाको पाठेघर ‘गर्भाशय’ मा भएको अण्डकोष फुटेर हुने गर्दछ भने सामान्यतया २८ दिन भित्र महिनावारी को चक्र परिवर्तन हुन्छ ।

साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छस कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ ।महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो ।

पेट र ढाड दुख्ने समस्याको उपचार के गर्ने ?

घरेलु तरिका अपनाएर महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौँ ।

रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ ।

त्यसै गरी तातो पानीलाई रबडको थैली ९ज्यत दबन० मा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ ड्डरबडको थैली नभएका खण्डमा सिसी ९द्ययततभि० मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ ।

त्यसै गरी दुखेका ठाउमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ ।

यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका ड्डसाथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन ।

हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ ।

धेरै रगत बगेमा र सहन नसक्ने गरी पेट दुखेमा स्वास्थ्य चौकी जान ढिलाइ गर्नु हुदैन ।

माथि उल्लिखित लक्षणहरू महिनावारी हुने बेला देखिनु सामान्य नै हो । त्यसैले चिन्ता गर्नु वा डराउनु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?