मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हेटौँडामा तीन दिने कला महोत्सव सम्पन्न

काठमाडौँ– हेटौँडामा तीनदिने कला महोत्सव सम्पन्न भएको छ । पर्यटन प्रवर्धन र कला जागरणको उद्देश्यसहित तीन्दिने कला महोत्सव सम्पन्न गरेको हो ।

जेठ ३ देखि ५ गतेसम्म हेटौँडाका विभिन्न क्षेत्रमा कला कार्यशाला, छलफल आयोजना गरिएको जनाइएको छ । महोत्सवमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको प्राचीनता, मौलिकता र जीवन्तता कायम रहने गरी ललितकलाका माध्यमबाट तिनको संरक्षण र प्रवर्धनमा टेवा पुर्‍याउने खालका चित्र कार्यशालामा तयार पारिएका थिए ।

कला महोत्सवमा कलाकार हरिभजनमान सिंह प्रधानलाई ललितकला सम्मान–२०८१ प्रदान गरिएको थियो । ललितकलाको विकासमा स्थानीय र प्रदेश सरकारको भूमिका विषयक कार्यपत्र प्रस्तुति, कला संवाद, प्रत्यक्ष चित्रकला सिर्जना गरिएको थियो । स्याटरडे प्लेन एयरद्वारा आयोजित कला महोत्सव मानव सेवा आश्रमको सहयोगार्थ गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?