मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापानमा ‘उड्ने कार’ को प्रदर्शनी

काठमाडौँ– जापानमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने कार्यक्रममा ‘उड्ने कार’ प्रदर्शन गरेको छ । राजधानी टोकियो शहरमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर ‘उड्ने कार’ को प्रदर्शन गरिएको हो ।

समाचार संस्था सिन्ह्वाका अनुसार सेन्टरबाहिर पार्किङ स्थलमा कार जमिनबाट झन्डै १० मिटर टाढा घुम्दा हेर्न दर्शकको घुइँचो लागेको चिनियाँ जनाएको छ । उड्ने साधन मानव यातायातको अर्को पुस्ताको हिस्सा बन्ने अपेक्षासमेत गरिएको छ ।

ट्राफिक जामको सामना गर्न र प्रकोपग्रस्त क्षेत्रमा यस्तो कार प्रभावकारी हुने विश्वास गरिएको छ । यूएस फर्म लिफ्ट एयरक्राफ्ट इंकद्वारा निर्मित हेक्साको ४ दशमलव ५ मिटर चौडा, २ दशमलव ६ मिटर अग्लो र झण्डै एक सय ९६ किलोग्राम तौल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?