मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज मिति २०८१ साल जेठ ७ गते सोमवारको राशिफल

आज २०८१ जेठ ७ गते वैशाख शुक्ल द्वादसी तदनुसार मे २० २०२४ तारिख । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

शत्रु परास्त हुनेछन् । सन्तानबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ भने महत्वपूर्ण व्यक्तिसँग भेट हुने अवसर जुट्नेछ । अध्ययनमा सफलता मिल्नेछ ।

वृष

स्वास्थ्यमा समस्या आउन सक्छ । साथीभाइको सहयोग मिल्ने योग छ । मनमा चञ्चलता भए पनि अध्ययनमा रुचि जानेछ । महत्वपूर्ण कार्यमा उल्झन पर्ने योग छ ।

मिथुन

पारिवारिक सम्बन्ध सुमधुर रहला । शुभ कार्यमा मन जानेछ । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना रहेपनि कार्यमा भने सफलता मिल्नेछ ।

कर्कट

घरायसी समस्या बढ्ने छ । अध्ययनमा रुचि घट्नेछ । मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग छ । साथै आर्थिक संकट देखा पर्न सक्छ ।

सिंह

धन सञ्चितिको योग रहेको छ । कार्यमा प्रगति र मनमा हर्ष हुनेछ । शैक्षिक लगानीबाट फाइदा हुनुका साथै व्यवसायमा सुधार हुनेछ । यात्रामा सावधानी अपनाउनु होला ।

कन्या

मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने योग रहेको छ ।

तुला

वैदेशिक यात्राको अवसर जुट्नेछ । शारीरिक स्फूर्ति बढ्नेछ । पद वृद्धिको योग समेत रहेको छ । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।

वृश्चिक

पारिवारिक समस्या हुने योग छ । व्यापारमा आर्थिक सुधार हुनेछ । कीर्ति बढ्ने योग रहेको छ । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी ।

धनु

पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रसन्न रहनेछ। राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झूठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह हुनेछ ।

मकर

व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । बोल्नु अगाडि विचार गर्नुहोला । आफन्तलाई ठेस पुग्न सक्छ । अरुले झूठा आरोप लगाउने दोष पनि छ ।

कुम्भ

अनुसन्धानमूलक काममा चासो बढ्ला । मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । शैक्षिक लगानीबाट फाइदा हुनुका साथै व्यवसायमा सुधार हुनेछ ।

मीन

विदेश यात्राको योग रहेको छ । आजको दिन तपाई मौन रहनु लाभदायक हुनेछ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको अवसर मिल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?